प्रथम सल्यान जिल्ला युवा सम्मेलन हुदै
सल्यान- सल्यानमा प्रथम युवा सम्मेलन हुने भएको छ । यही जेठ ५ र ६ गते जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा युवा सम्मेलन हुने भएको हो । राष्ट्रिय युवा परिषद् र सल्यान दृष्टिकोणको समन्वय तथा परिणाम नेपालको आयोजनामा पहिलो पटक जिल्लामा युवा सम्मेलन हुने भएको हो ।
मंगलवार जिल्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै समृद्ध सल्यान निर्माण अभियानका अभियान्ता धुर्वराज वलीले जिल्लाका दश वटै पालिकाबाट कम्तिमा दशरदश जना युवायुवतिको सहभागितामा युवा सम्मेलन गर्न लागिएको बताउनुभयो । सम्मेलनको लागि आवश्यक तयारी भैरहेको उहाँको भनाइ छ ।
परिणाम नेपालका संयोजक युवराज खड्काले राष्ट्रिय युवा नीति २०७२ अनुसारको उमेर समुहका युवाहरुको नेतृत्व तथा क्षमता विकासका लागि युवा सम्मेलन गर्न लागिएको बताउनुभयो । उहाँले युथ भिजन २०२५ अनुसारका आधारस्तम्भमा आधारित कृषि, युवा उद्यमशिलता, सुचना प्रविधिबारे कानुनी तथा नीतिगत विषयमा विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।
राष्ट्रिय युवा नीति तथा युवा नीतिले अख्तियारी गरेका विषयबस्तुबारे युवासँग युवा परिषद जोड्ने, जिल्लाका दशवटै स्थनीय तहका युवाहरुका सवाल स्थानीय सरकारका प्रतिनिधिसँग जोड्ने, शिक्षा र सरोकारका विषयमा प्यानल छलफल गरिने उहाँको भनाई छ । आविस्कारक महाविर पुन, सागर ढकाल, पुरुषोत्तम गिरी, प्रकाश सिग्देल, प्रकाश शर्मा लगाएतका व्यक्तित्वहरु प्रशिक्षकका रुपमा रहनुहुनेछ ।
परिणाम नेपालका कोषाध्यक्ष युवराज जोशीले युवालाई कृषि, उद्यम र रोजगारीमा जोड्नको लागि युवा सम्मेलन महत्वपुर्ण भएको बताउनुभएको छ ।
प्रतिक्रिया