म्याग्रेट कार्यक्रमका लागि भैरवीमा ट्याबलेट हस्तान्तरण
सुर्खेत- दैलेखको भैरवी गाउँपालिकामा विद्यार्थीहरुका लागि म्याग्रेट एप हस्तान्तरण गरिएको छ । एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा भैरवीमा संचालित आधार परियोजनाले उक्त सामाग्रि हस्तान्तरण गरिएको हो ।
आधार परियोजनामा कार्यरत कृषि प्राबिधिक सम्झना थापाका अनुसार म्याग्रेट म्याग्रेट एप इन्सटल गरेर कसरी चलाउने भन्ने विषयमा शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रमका साथ हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
भैरवी गाउँपालिका २ र ५ नम्बर वडा गरि दुइवटा विद्यालयमा उक्त सामग्रि हस्तान्तरण गरिएको हो । भैरवी गाउँपालिका २ रहेको पञ्चदेवल माध्यामिक विद्यालय रावतकोटमा ज्येष्ठ ४ गते हस्तान्तरण गरिएको छ ।
त्यस्तै भैरवी गाउँपालिका ५ मा रहेको हिमालय माध्यामिक विद्यालय डाडिमाडिमा ५ गते बितरण गरिएको बताइएको छ । भैरवीका दुइवटा विद्यालयमै ४ /४ थानका दरले बितरण गरिएको प्राबिधिक थापाको भनाई छ । आगामि आईतबारबाट कक्षामा प्रयोग हुने र गणित सिकाइमा थप टेवा पुग्ने उहाँको भनाई छ ।
ठाटीकाँधमा म्याग्रेट कार्यक्रमका लागि पाँच थान ट्याबलेट हस्तान्तरण
प्रतिक्रिया