विद्यार्थीलाई चौरमा बसेर पढ्नुुपर्ने बाध्यता

विद्यार्थीलाई चौरमा बसेर पढ्नुुपर्ने बाध्यता

सिमकोट – विद्यार्थीलाई चौरमा बसेर पढ्नुुपर्ने बाध्यता आइलागेको छ। तीन दिनदेखि परेको वर्षाका कारण माथिबाट आएको पानीको भल कक्षामा पसेपछि हिलाम्मे कोठामा यसरी पढ्नुपरेको हो।

ताँजाकोट गाउँपालिका–१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले दुुई दिनको वर्षाले गर्दा माथिबाट पानीको भल कक्षाकोठामा पस्दा विद्यार्थीलाई विद्यालयको चौरमा पठनपाठन गर्नुपरेको बताउनुभयो ।

कोठामा भल पसेपछि ६ वटा कोठा हिलोको लेदो भरिएर हिलाम्मे हुँदा त्यहाँ विद्यार्थी बस्न सक्ने अवस्था नहुँदा चौरमा बसेर पढाउनुपरेको हो । कक्षा तीन र ६ देखि १० कक्षाका गरी ६ वटा कोठामा हिलोसहित पानीको भल पसेकाले सबै कक्षाका विद्यार्थीलाई चौरमा राखेर पठनपाठन गरिएको हो ।

कक्षा कोठाको पछाडिको भाग गत वर्ष पहिरो गएकाले पानी पर्नेबित्तिकै कक्षामा भल छिर्ने गर्छ। सो पहिरो नियन्त्रण नभएसम्म यो समस्या बारम्बार भोग्नुपर्ने अवस्था छ। चौरमा पढाइ भइरहेका बेला पानी पर्दा विद्यार्थीलाई छुुट्टी दिनुुको अर्को विकल्प विद्यालयसँग नभएको बताउँदै उनले गतव र्ष गएको पहिरोका कारण क्षति व्यहोर्नुपरेको जानकारी दिनुभयो ।

जेठमा परेको वर्षाले यति दुःख दिएको र बर्खा लाग्न बाँकी रहेकाले यस वर्ष धेरै समस्या भोग्नुुपर्ने अवस्था देखिएको विद्यालयले जनाएको छ।

सो विद्यालयमा गत वर्ष पहिरो जाँदा क्षती पुुगेको भवनको अवस्था पनि जीर्ण छ। बालविकासदेखि कक्षा दशसम्म उक्त विद्यालयमा ३३२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

कक्षामा भल पसेर विद्यार्थी चौरमा पढ्न बाध्य भएको जानकारी पाएपछि गाउँपालिकाको एक टोली अनुुगमनका लागि विद्यालयमा आइपुुगेको थियो।

 

प्रतिक्रिया