बेनीबाट पाेखराका लागि छुटेकाे बस दुर्घटना

बेनीबाट पाेखराका लागि छुटेकाे बस दुर्घटना

काठमाण्डाै – म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । आज साेमवार दिउँसो बेनीबाट पोखराका लागि छुटेको मा ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुश्मा नजिकै दुर्घटना भएको हो ।

बसमा अन्दाजी २३ जना रहेकामा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक (असई) रविन पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

प्रतिक्रिया