प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य देखेँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य लागेको बताउनुभएको छ ।
राष्ट्रियसभामा भारत भ्रमणको विषयमा जवाफ दिने क्रममा बोल्दै प्रचण्डले राष्ट्रियसभा जे होस् सम्मानितै रहेछ भन्दै खुसी व्यक्त गर्नुभयो । भारत भ्रमणको विषयमा प्रतिनिधिसभा भन्दा राष्ट्रियसभामा स्वच्छ वातावरणमा छलफल भएको प्रचण्डले बताउनुभयो ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई एमाले, राप्रपा र रास्वपा लगायत दलका सांसदहरूले धेरै प्रश्न सोधेर दबाबमा राखेका थिए । त्यसमा पनि भारतबाट आयात गरिएको राँगा प्रकरणले संसद्मा लफडा नै भएको थियो ।
रास्वपाका एक सांसदले प्रधानमन्त्री भैँसी चढेर स्वदेश फर्किएको बताएपछि संसद्मा रेकर्डबाटै शब्द हटाउनुपरेको थियो । तर, राष्ट्रियसभामा तुलनात्मक रूपमा कम विवाद भएपछि प्रधानमन्त्रीले समेत खुसी व्यक्त गर्नुभएको हो ।
प्रतिक्रिया