सर्‍यो समाजवादी मोर्चाको घोषणा कार्यक्रम

सर्‍यो समाजवादी मोर्चाको घोषणा कार्यक्रम

काठमाडौँ– समाजवादी मोर्चाको घोषणा कार्यक्रम सरेको छ । आज दिउँसो ३ बजेलाई तय भएको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडको बाढी–पहिरो प्रभावित क्षेत्रमा गएपछि बैठक सरेको हो ।

नेकपा माओवादी केन्द्रका कार्यालय प्रमुख श्रीराम ढकालले घोषणा कार्यक्रम ४ बजेलाई सरेको बताउनुभयो ।

आज अपरान्ह माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार दलले समाजवादी मोर्चा घोषणा गर्दैछन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि मोर्चामा सहभागी गराउन प्रयास भइरहेको छ । यसै विषयमा छलफल गर्न आज बिहान बालुवाटारमा पार्टीका शीर्ष नेताहरूबीच बैठक बसेको थियो ।

संविधानको रक्षा, कार्यान्वयन, समय सापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाती रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चा गठन गरेका हुन् ।

मोर्चामा सम्मिलित दलहरूले मोर्चाको राजनीतिक–सैद्धान्तिक आधार र १५ बुँदे प्रतिबद्धतापत्र तयार पारिसकेका छन् ।

प्रतिक्रिया