प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमणमा जाने भएका छन् ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम– २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल यही साउन ७ गते त्यसतर्फ जान लागेको हो ।

प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाललगायत रहने छन् ।समिट यही साउन ८ देखि १० गतेसम्म चल्ने छ ।

 

प्रतिक्रिया