त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद

त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद

काठमाडौँ –   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० देखि १०० किलो हाराहारीमा सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन राजश्वको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले पुष्टि गर्नुभयो ।

‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ । हामी अहिले अपरेशनमै छौँ’, उहाँले भन्नुभयो । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेको बताइएको छ ।

सो क्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया