'अब रासायनिक मल होइन, जैविक विषादी तयार गरि प्रयोग गछौँ '

'अब रासायनिक मल होइन,  जैविक विषादी तयार गरि प्रयोग गछौँ '

ठाटीकाँध –   दैलेखको ठाटीकाँध गाउँपालिकामा एकीकृत शत्रु जीव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । यूएनडीपीको साझेदारी सोसेक नेपालद्धारा  ठाटीकाँधमा ससंचालित सक्षम परियोजनाको आयोजनामा ठाटीकाँध वडा नम्बर -२ र वडा नम्बर -६ मा एकीकृत शत्रु जीव व्यावस्थापन सम्बन्धी तालिम सम्पन्न भएको हो ।

 ठाटीकाँध गाउँपालिकामा पहिलोपटक भएको एकीकृत शत्रु जीव व्यवस्थापन सम्बन्धी तालिममा दुइ सिफ्टमा  दुइवटा वडामा सम्पन्न भएको बताइएको छ । पहिलो सिफ्टमा ठाटीकाँध गाउँपालिका ६ स्थित दलित महिला कृषक समूह र दोस्रो सिफ्टमा वडा नम्बर २ मा सक्षम दिदी बहिनी कृषक समूहका सदस्यहरुलाई तालिम दिएको हो ।

  एकीकृत शत्रु जीव व्यवस्थापन तालिममा एकीकृत शत्रु जीवको परिचय, महत्व, सिद्धान्त  र तरकारी  बालीमा लाग्ने  रोग किरालाई जैविक विधिद्धारा नियन्त्रण गर्ने विधि मित्र जीव र सत्रु जीवको पहिचान गर्ने विधिवारे छलफल गरिएको कृषि प्राबिधिक भूपेन्द्र सिजापतिले बताउनुभयो । उहाँका अनुसार  छलफलमा जैविक विषादी र काउली बन्दा टमाटरको प्रयोगात्मक तरिकाद्धारा  नर्सरी व्याड बनाउन समेत अभ्यास गराइएको थियो । 

तालिममा वडा नम्बर ६ मा २५ र वडा नम्बर २ मा २५ गरि जम्म ५० जनाको सहभागिता रहेको सिजापतिले बताउनुभयो । तालिम पश्चात् कृषकलाई काउली बन्दा गोपीको बिउ र ५० लिटरको ड्रम समेत बितरण गरिएको छ । तालिम पश्चात् तालिमका सहभागिहरुले पहिले तरकारीमा लाग्ने रोग किरा नियन्तणका लागि रासायनिक मल प्रयोग गर्ने गथ्यौँ भने अब स्थानीय स्तरमा पाउने झारपातको प्रायोग गरेर जैविक विषादी तयार गरि तरकारी बालीमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया