सल्यान महोत्सवको तयारी तिब्र

सल्यान महोत्सवको तयारी तिब्र

सल्यान –  सल्यानको श्रीनगरमा यही पुस २६ गतेदेखी माघ ७ गतेसम्म संचालन हुन लागेका बृहत सल्यान महोत्सव २०८० को तयारी तिब्र रुपमा अगाडी बढेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजना र नयाँसोच युवा क्लब शारदा नगरपालिका–६ सल्यानको सहआयोजनामा यही पुस २६ गतेदेखी माघ ७ गतेसम्म सल्यान महोत्सव सञ्चालन हुने भएको हो ।

 बृहत सल्यान महोत्सव २०८० हुने स्थान श्रीनगरको टाउन प्लानिङमा महोत्सव सञ्चालनका लागि आवश्यक पर्ने समाग्रीहरु निमार्ण भईरहेको मुल आयोजक समितीका संयोजक प्रेम नारायण बि।कले जानकारी दिनुभएको छ ।  प्रचारप्रसारको लागि रेडियो, पत्रपत्रिका तथा अनलाईनमा बिज्ञापन प्रकाशन तथा प्रसारण, पर्चा पम्पलेट, व्यानर, गाडि माइकिङ लगायतका कार्यहरु पनि तिब्र रुपमा अगाडी बढेको आयोजकबाट जानकारी प्राप्त भएकोछ ।

मेलालाई सभ्य अनि भव्य तरीकाले सम्पन्न गर्नको लागि आयोजकले बिभागिय जिम्मेवारी बाँटफाँट गरेकोछ । जस अन्तर्गत प्रेम नारायण बि।क मुल आयोजक समिती संयोजक, प्रमोद भण्डारी कार्यक्रम व्यवस्थापक, यम थापा सचिवालय तथा झाँकी संयोजक, मान बहादुर खत्री आर्थिक संयोजक, सुचना तथा संचार संयोजक नोखिराम थापा, साँस्कृतिक संयोजक शान्तराम सेन्चुरी, प्रचारप्रसार संयोजक कमल खड्का, मन्च व्यवस्थापक प्रकाश बिहानी र अथिति सत्कार संयोजक बिन्दु बि।क लाई जिम्मेवारी दिईएको छ । अन्य बिभागिय बाँटफाँट पनि छिटै गर्ने सुचना तथा संचार संयोजक नोखिराम थापा ले जानकारी दिनुभएको छ ।

सल्यानमा कलाघर निर्माणका लागि महोत्सवको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम नारायण विकले जानकारी दिनुभयो । यसका साथै लोपोन्मुख मौलिक कला संस्कृतिको प्रदर्शन गरि संरक्षण गर्ने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने उहाँले बताउनुभयो । महोत्सव अवधिभर ५० लाख बराबरको कारोवार हुने र ३० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी छ । महोत्सवमा पुराना मौलिक लोक झाँकी प्रदर्शनी गरिने, स्थानिय तथा राष्ट्रिय कलाकारबाट सांस्कृतिक प्रस्तुति, स्थानिय अर्गानिक उत्पादनको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया