सजाय सहुलियत सही सदुपयोग होस्

सजाय सहुलियत सही सदुपयोग होस्

दैलेख, पुस २८ – उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्वरबहादुर शाहीले बालबिज्याईंका घटनामा कानूनले दिएको सजाय सहुलियत सही सदुपयोग हुन नसकेको बताएका छन् । बाल न्याय प्रणालीको अवस्था र अनुभव आदानप्रदान अन्तरक्रिया कार्यक्रममा उनले बिज्याईकर्ता बालबालिकाको सजाय स्थगन र माफी दिइएर पनि सबै बालबालिका सुध्रन नसकेको औल्याए । IMG_0495मुख्य नायाधीश बालबिज्याईमा मुद्दाको सुरु अनुसन्धान, अभियोजन, मुद्दा तहकिकात, सुनुवाइ र फैसलामा समेत बालमैत्री वातावरण बनाइए अनुरुप उचित सामाजिक वातावरण दिएर सुधार गर्न सरोकारवाला पक्षको अग्रसरता आवश्यकता औल्याउनुभयो ।
कार्यक्रम जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले बाल सुलभ न्याय प्रणाली बिज्याईंकर्तालाई उन्मुक्ति दिने नभई दण्डहीनताको अन्त्य गर्नका लागि भएको उल्लेख गर्दै मुद्दाका सरोकारवाला निकायवीच सहकार्य र समझदारी हुनुपर्ने बताए ।
त्यसबखत प्रमसख जिल्ला अधिकारी जीबनप्रसाद दुलाल, प्रहरी नायव उपरीक्षक केदार रजौरे, दैलेख बारका अध्यक्ष यामराज थापा, सामाजिक सेवा केन्द्रका प्रतिनिधि दुर्गा गिरी र अधिवक्ता शिवराज दाहालले बाल न्याय प्रणालीको महत्व र आपसी सहकार्य बारे प्रकाश पारे ।
बालन्याय प्रणालीको कानूनी व्यवस्था र न्याय निरुपण विषयमा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित, बाल बिज्याईं घटनाको अनुसन्धान तथा अभियोजन बारे प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साह र बालन्याय प्रणालीको विकासक्रम तथा मनोविमर्श र सामाजिक अध्ययन प्रतिवेदन विषयमा जिल्ला बाल न्याय समन्वय समितिका सदस्य पत्रकार अमर सुनारले अन्तरक्रियाको सहजीकरण सामग्री प्रस्तूत गरेका थिए ।

प्रतिक्रिया