साक्षर र पूर्ण खोपयुक्त घोषणा

साक्षर र पूर्ण खोपयुक्त घोषणा

दैलेख जिल्लामा पछिल्लो समयमा धमाधम साक्षर र पूर्ण खोपयुक्त गाउँ विकास समिति घोषणा हुने गरेको छन । यसै शिललिमामा मंगलबार एक औपचरी कार्यक्रम गरि जिल्लाका सल्लेरी गाउँ विकास समितिलाई पूर्ण खोपयुक्त र साक्षर गाउँ विकास समिति, मेहेलतोली र चौराठा गाउँ विकास समितिलाई अनिवार्य आधारभूत शिक्षा प्रदायक तथ पूर्ण खोप गाउँ विकास समितिलाई घोषणा गरिएको छ । घोषणा कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले नेपाल सरकारको लक्ष्य अनुसार अहिले जिल्लामा तिव्ररुपमा गाउँ विकास समितिहरु पूर्ण खोपयुक्त र साक्षर घोषणा गरीएकोमा जिल्लामा मात्र नभएर देशभर यसको सकारात्मक सन्देश जाने बताएका छन । हामी सवै मिलेर जसरी दैलेख जिल्लालाई खुला दिसामुक्त जिल्ला बनायौं त्यसैगरी अव जिल्लालाई पूर्ण साक्षर र पूर्ण खोपयुक्त जिल्ला बनाउन लाग्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया