राउटे युवा उपचार गराउदै

राउटे युवा उपचार गराउदै

दैलेख – मंसिर १४ – राउटेका युवा कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुई वर्षअघि आगोले पोलिएको घाउमा सरसफाईको अभावमा घाऊ पुनः बल्झिएपछि उपचार थालेका हुन् ।
२०७२ को मंसिरमा अछामको भैरवस्थानमा बसोवास गर्दा सुतेको अवस्थामा उनको शरीर पोलिएको थियो । त्यतिबेला गम्भीर अवस्थामा उनलाई २ महिना काठमाण्डौंमा राखी उपचार गराइएको थियो ।
बस्ती भन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायका मुखियालाई राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी निकै फकाएरपछि कपिल शाहीसँग अन्य दुई जना राउटेहरुसँगै पठाएर काठमाण्डौंमा उपचार गराउन सहमत भएका थिए ।
त्यतिबेला कपिलको उपचारपछि गम्भीर चोटपटक वा विरामी पर्दा स्वास्थ्य चौकी वा अस्पताल पुगेर उपचार गराउने गरेका छन् ।
३–४ महिनाको अन्तरमा बस्ती सर्दै गर्ने राउटे समुदायले अहिले एक महिनादेखि भैरवी गाउँपालिकाको वडा नं. ५ सैनचौरमा बस्तै आएका छन् । उनीहरु दैलेखकै सेरोफेरोमै बस्तै आएका छन् ।

प्रतिक्रिया