सोसेक सम्मानित

सोसेक सम्मानित

ज्वाला संदेश संवाददाता
नेपालगंज , पौष १२, दैलेखका सेभ द चिल्ड्ेनको साझेदारीतामा सहयात्रा परियोजना संचालन गर्ने संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धितिय स्थान सहित सम्मानित भएको छ । सेभ द चिल्ड्रेनको कार्यक्षेत्र रहेका मध्य तथा सुदुर पश्चिमका ९ जिल्लाका १२ वटा साझेदार संस्थाहरुको नेपालगंजमा सम्पन्न बार्षिक साझेदारी समिक्षा बैठक मा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धितिय स्थान सहित सम्मानित भएको हो ।

 वितिय व्यवस्थापनको बार्षिक मूल्यांकनका आधारमा गरिएको साझेदार १२ वटा संस्था मध्ये दोस्रो स्थान हासिल गरि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख सम्मानित भएको हो । यस्तै मूल्यांकनमा विस्वीन बाजुरा प्रथम भएको थियो । यस्तै अर्को साझेदार संस्था एभरेष्ट क्लब दैलेख तृतिय भएको छ ।

 

प्रतिक्रिया