सुशासन सुधार हुदै आएको छ ः अध्यक्ष मल्ल
ज्वाला सन्देश सम्वाददाता
अखण्ड नेपाल पार्टी दैलेखका अध्यक्ष बीरबहादुर मल्लले बदलिंदो समय र सरकारका नीति तथा कार्यक्रमको प्रभावले सुशासनको अवस्था सुधार आएको बताउनुभएको छ ।
जिल्ला विकास समितिको कार्यालयद्वारा बिहीवार बेस्तडामा आयोजित इलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा बोल्दै उहाँले भन्नुभयो ‘यही सुशासनको अभ्यास हो, योजना तर्जुमामा विपन्न तथा लक्षित समुदायको सहभागिता अनिवार्य गरिएको छ ।’
पगनाथ गाविसका सचिव उत्तम अधिकारीको अध्यक्षतामा भएको इलाका नंं ४ को इलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा योजना छनौट प्रक्रिया र प्राथमिकीकरण विषयमा जिविसका लेखा अधिकृत मुक्तिप्रसाद चपाईले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा लेखापाल चित्र खनाल, पत्रकार अमर सुनार र सुशासनकर्मीले सहजीकरण गर्नुभएको थियो । गोष्ठीका सहभागीहरुले अघिल्ला वर्षहरुमा इलाकामा तयार पारिएका भन्दा बाहेकका योजना जिविसका कर्मचारी र राजनीतिक दलहरुले पारेको भनी आपत्ति जनाएका थिए ।
प्रतिक्रिया