एकतर्फि तटवन्धनले खेतीयोग्य जमिन कटान

एकतर्फि तटवन्धनले खेतीयोग्य जमिन कटान

दुर्गा वि.सी
सल्यानको पश्चिम क्षेत्रमा रहेको बन्गाडखोलाले व्यापक रुपमा खेत कटान गरेको छ । खोलामा भरपर्दो तटवन्धन नहुदाँ दिनप्रतिदिन खेतीयोग्य जमिन कटानमा परेको छ । बन्गाडखोला र देवस्थल ४ खरेखोलाको बल्या खोला दोभानमा पर्ने खेसर बुढाको १ विगाहा खेत कटान गरेको छ । Banjada khola salyan Banjada khola salyan 1खेतकटानसँगै १५ सय रोपनि खेतीयोग्य जमिनको पार्टि सिचाई कुलो,चुग्या जिउली सिचाई कुलोसमेत बन्गाड खोलाले भत्काईदिएको छ । साथै उक्त स्थानमा रहेको खेत कटान सकिए पछि स्थानीय पृथ्थी वहादुर वस्नेतको घर समेत धरापमा रहेको छ । खोलाले तल्लो भागको जमिन सवै भत्काउन थाले पछि त्रासले वस्नेतको परिवार विस्थापित भएको छ ।

बन्गाड खोलामा प्रत्यक वर्ष तटवन्धनको लागि हजारौ थान जाली परेको हुन्छ तर नेता तथा आसेपासे र पहुचवालाले आ आफ्नो खेतमा तटवन्धन गर्दा सर्वसाधारण नागरिकको खेत कटानमा पर्ने गरेको देखिन्छ । पहुच वाला र भनसुनको भरमा आफ्न्तहरुको खेत नजिक जाली तथा तटवन्धन गर्ने कार्यले वर्षेनी वन्गाड जिउलामा सर्वसाधारणका खेतहरु कटान र पटानमा पर्ने गरेका छन् । १ विगहा खेत सवै खोलाले वगाए पछि पिडीत खेसर वुढाले तटबन्धनको जिम्मा लगि काम गर्ने ठेकेदारका कारण खोलाले आफ्नो खेत वगाएको दुखेसो पोखे । अन्यले भनसुनको भरमा आफ्ना खेतमा तारजाली लगाएर एक तर्फि खोलो वुढाको खेतमा लगाईदिए पछि सवै खेतीयोग्य जमिन खोलाले वगाएको वुढा वताउँछन् ।

बन्गाडखोलामा वर्षैनी १ करोड भन्दा वढिको जलउत्पन्न तथा भु संरक्षण कार्यलयबाट तटबन्धनको लागि वजेट परेको हुन्छ । तर उक्त तटवन्धनको लागि परेको सम्पुर्ण तारजाली भनसुनको आधारमा पहुचवालाले आफ्नो खेतमा पारेको सर्वसाधारण नागरिले दुखेसो पोख्ने गरेका छन् । तटवन्धन गर्नु पर्ने ठाउँ स्टेमेटमा खोलाको वारपार हुनुपर्ने हो तर एकतर्फी तटवन्धन हुदाँ अर्को तर्फको जमिन खोलाले कटान गर्ने गरेको छ । श्रावण १९ गते वेलुकी ६ वजेतिर परेको अविरल वर्षाले खोलामा आएको वाढिले बन्गाडखोला आसपासका सयौ विगाह जमिन कटान तथा पटान पार्नुका साथै मुलखोला ९ खैरागारमा स्थानीयका ७ वटा बाख्रा वगाएको छ ।

प्रतिक्रिया