बालबालिकाको अवस्था बारे अन्तरक्रिया

बालबालिकाको अवस्था बारे अन्तरक्रिया

दैलेख, वैशाख १६ – राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा दैलखमा बालबालिकाको अवस्था र स्थानीय तहको निर्वाचनको बालबालिकाको प्रयोगको स्थिथि विषयमा आज दैलेख सदरमुकाममा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।Balbalika HRC News (3)  Balbalika HRC News (1)
जिल्लामा बालबालिकाको जन्मदर्ता लिन कठिनाई, बालविवाह, छाउपडी, बालश्रम शोषण, यौन दुव्र्यवहार लगायतका कुरीति तथा कुसंस्कार समस्या र आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गरे नगरेको विषयमा सरोकारवालाहरुले अहिलेको अवस्था बारे जानकारी दिदै समाधानका उपाय विषयमा विचार विमर्श गेका थिए ।
जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शान्ति बिष्ट, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सम्शेर शाही, स्थानीय शान्ति समितिका जिल्ला संयोजक पार्वती बिशुन्के, सामाजिजक सेवा केन्द्र (सोसेक) नेपालका सस्थापक अध्यक्ष हीरासिंह थापा, बालबालिका प्रतिनिधिहरु सुनिता सोनी लगायतका नागरिक समाज संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।
महिला विकास अधिकृत अनिता ज्ञवालीले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखका ४ नगरपालिका र ७ वटै गाउँपालिकामा बालबालिकालाई प्रचारप्रसार, साँस्कृतिक कार्यक्रम वा सुराकीको रुपमा प्रयोग नगर्न राजनीतिक दलहरुलाई सूचित गरिएको र ११ वटै तहमा अनुगमन संयन्त्र बनाइएको बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका मानवअधिकार अधिकृत लक्ष्मी पौडेलको टोलीले दैलेखमा स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले निर्वाचन आचारसहिंता पालना गरे नगरेको, निर्वाचनमा मतदाताको निर्भयपूर्वक मतदान अधिकार र उम्मेदवारको सुरक्षा विषयको अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया