हिलोमाथिको ‘रेड कार्पेट’ मा प्रधानमन्त्री

हिलोमाथिको ‘रेड कार्पेट’ मा प्रधानमन्त्री

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सभाले विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर तथा पीएचडी उपाधिका लागि योग्य ७० हजार ७७ जनाको ग्रेस लिष्ट पारित गरेको छ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकले ग्रेस लिष्ट पारित गरेको हो।

ग्रेसलिष्ट पारित भएका विद्यार्थी अब हुने ५७ औं दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्। सभालाई सम्बोधन गर्दै ओलीले मुलुकमा अब प्राविधिक जनशक्तिको माग बढी भएकाले यस्तै जनशक्ति उत्पादनमा ध्यान दिन त्रिविलाई अनुरोध गरे।

प्रधानन्त्री ओलीले मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता कति छ भन्ने विषयमा सरकारले छुट्टै कार्यदल बनाएर अध्ययन गर्न लागेको जानकारी पनि दिए।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अब बन्ने शिक्षा नीतिमा प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिने बताए। सोही अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा बनेको उपकुलपतिको कार्यालय भवनको उद्घाटन गरेका थिए।

कार्यक्रमस्थल पानी परेर हिलाम्मे भएपनि प्रधानमन्त्री ओलीलगायतका पाहुनालाई स्वागत गर्न सोही हिलोमा रातो कार्पेट बिछ्याइएको थियो। हिलाम्मे बाटोमा कार्पेट बिछ्याएको देखेर कार्यक्रममा उपस्थित चकित भएका थिए।

प्रतिक्रिया