मुगुमा पनि ६४ औ प्रहरी दिवस २०७६ सम्पन्न

मुगुमा पनि ६४ औ प्रहरी दिवस २०७६ सम्पन्न

मुगु – संघिय सरकार प्रतिनिधि सभाका सांसद माननिय गोपाल बमले समृद्ध नेपाल निर्माणका लागि नेपाल प्रहरीको अतुलनिय भुमिका रहेको बताउनु भयो ।

६४ औ प्रहरी दिवस २०७६ को अवसरमा आज सदरमुकाम गमगढीमा जिल्ला प्रहरी कार्यालय मुगुले आयोजना गरेको कार्यक्रमा कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका बमले यस्तो बताउनु भएको हो । बमले अहिले नेपाल सरकार विभिन्न कानुनहरु निर्माण गर्ने प्रक्रियामा रहेको हुदा नेपाल प्रहरीलाई सशक्त रुपमा अगाडी बढाउन नसकेको भएपनि आगामी दिनमा नेपाल प्रहरीको संगठनलाई आधुनिक प्रहरी संगठन निर्माण गर्न समेत सरकार प्रतिबद्ध समेत रहेको बताउनु भयो । त्यस्तै अर्का विशिष्ठ अतिथि समेत रहेनु भएका कर्णाली प्रदेशका सांसद माननिय दानसिंह परियारले दक्षिण एसियकै उत्कृष्ट संगठन नेपाल प्रहरीको संगठनलाई अझै बलियो बनाएर लैजाने कर्णाली प्रदेश सरकारले आफ्नो योजनामा उच्च प्राथामिकतामा समेत राखेको बताउनुभयो ।

देश र जनताको हितका लागि प्रहरी संगठनलाई कुनैपनि राजनितिक दलले कुनैपनि दबाब नदिन र उक्त दबाबको प्रभावमा समेत कुनैपनि प्रहरी प्रमुख हरुलाई नपर्न समेत आग्रह गर्नुभयो । र जसका लागि कर्णाल िप्रदेश सरकार समेत प्रतिवद्ध रहेको प्रदेश माननिय दनसिंह परियारले बताउनु भयो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख राजनितिक दलका प्रमुख लगायत विभिन्न सरोकार वाला निकायका प्रमुख हरुले समेत शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा कार्यक्रमका सभापति एंव् जिल्ला प्रहरी कार्यालय मुगुका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद शाहले मुगु जिल्लाको विकासकालागि नेपाल प्रहरी मुगु जिल्ला युनिट हर कदम तयार रहेको बताउनु भयो । शाहले कार्यक्रममा सबै सरोकारवाला निकाहरु क्षेत्रबाट आएका सुझाव सल्लाहलाई अनुसरण गर्दै लैजाने पनि बताउनु भयो । त्यस्तै शाहले समृद्ध मुगु निर्माणका लागि सबै क्षेत्रको सहकार्य र सहयोग समेत रहन पनि आग्रह समेत गर्नुभयो । बिहान ७ बजे सञ्चालन भएको कार्यक्रम बिहान १० बजे सम्पन्न भएको थियो ।

प्रतिक्रिया