राउटे बालबालिकालाई भिटामिट ‘ए’ (फोटोफिचर)

राउटे बालबालिकालाई  भिटामिट ‘ए’ (फोटोफिचर)

दैलेख कात्तिक ४ । दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्दै आएका राउटे समुदायका बालबालिकालाई यसपाली पनि भिटामिट ‘ए’ खुवाईएको छ । समुदायका ६ महिना देखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिट ‘ए’ र पाँच बर्षसम्मका बालबालिकालाई जुकाको औषधी ‘अलबेन्डाजोल’ खुवाईएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित राउटे परियोजनाको अगुवाईमा भिटामिट ‘ए’ र जुकाको औषधी ‘अलबेन्डाजोल’ खुवाईएको जाेडि शिक्षक लालबहादुर खत्रीले बताए । अघिल्लो बर्षपनि परियोजनाकै पहलमा पोलियो थोपा खुवा खुवाईएको थियो ।
पुस्तौंदेखि आफू र आफ्ना सन्तानलाई वनको जडिबुटी खुवाएर स्वस्थ पारेको दाबी गर्दै राउटेहरूले औषधि आवश्यक नरहेको बताउने उनिहरु अहिले भिटामिट ‘ए’ र जुकाको औषधी ‘अलबेन्डाजोल’ खुवाउन अभिभावक नै अग्रसर भएका छन् ।

प्रतिक्रिया