भारतले लिपुलेकमा सडक बनाएको विरोधमा नेविसंघको राँके जुलुस

भारतले लिपुलेकमा सडक बनाएको विरोधमा नेविसंघको राँके जुलुस

दैलेख जेठ २ गते । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको बिरोध गर्दै नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले दैलेखमा राँके जुलुस प्रर्दशन गरेको छ । शुक्रवार साँझ दैलेखको लोकतान्त्रीक चोकबाट डेकेन्द्रचोकसम्म कालो पट्टी बाँधेर जुलुक निकालेको हो ।विसंघका केन्द्रित सदस्य लोकेश आचार्यको नेतृत्वमा विरोध प्रर्दशन गरिएको हो ।


प्रर्दशनकै क्रममा नेविसंघमा आबद्ध १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेविसंघका केन्द्रित सदस्य लोकेश आचार्य, नेताहरु शुशिल देउजा, मौषम थापा लगाएतका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेख अगाडी रहेको देवकोटा चोकमा प्रर्दशन गरीरहेको उनिहरुलाई नियन्त्रणमा लिएर शुक्रवार साँझै छोडिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए । नेपाली काँग्रेस दैलेखका कोषाध्यक्ष पूर्णबहादुर खत्रीको रोहवरमा उनिहरुलाई छाडिएको हो ।
जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, चिनिया हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए । विद्यार्थीले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी, लिम्पियाधुरा र पाँचथरको फालेलुङको सिमाक्षेत्रमा भारतले कब्जा गरेको जमिन नेपालको हो भन्दै नारा नगाएका थिए ।

यसैबिच लिपुलेकमा भारतले सडक निर्माणको बिरोधमा जुलुस निकाल्दा निकालिएको गर्दा लकडाउनको उलंघन गरेको भन्दै नेपाल मजदूर किसान पार्टी ७ जना नेतालाई दुल्लू प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । प्रदर्शन गर्न गएका उनीहरुलाई दुल्लू बजारबाट नियन्त्रण लिइएको थियो ।
पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिक, नेपाल मजदूर किसान पार्टी दुल्लू नगर कमिटीका अध्यक्ष मदन भण्डारी, नगर सदस्यहरु पदमबहादुर बुढा र जयबहादुर थापा, पार्टीका भैरबी गाउँ कमिटी अध्यक्ष तिलक आचार्य, सदस्य भानुभक्त आचार्य र नेक्राविसंघका भैरबी सदस्य बिनय आचार्यलाई नियन्त्रण्मा लिइएको थियो ।
लकडाउन उलंघन आरोपमा प्रहरीले नियन्त्रण लिए पनि सद्भावकै व्यवहार गरेको नेपाल मजदूर किसान पार्टी दैलेखका जिल्ला सचिव लक्ष्मीकुमार बिकले बताए ।

प्रतिक्रिया