नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

          |   प्रकाशित मितिः बुधबार, भदौ १०, २०७७     ::: 167 पटक पढिएको   |  

दैलेख भदाै १० गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  बुधबार मृत्यु हनेमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिला र अन्य ९ पुरुष छन् ।

मृतक पुरुषमा कैलालीका ४५ र ५० वर्षीय दुई, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन, बाराका ४१ र ४६ वर्षीय दुई, बाँकेका ३७ एक, काठमाडौंका ५१ वर्षीय एक पुरुष गरेर ११  जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । 



Leave a comment

Your email address will not be published.


*