कर्णालीमा नेकपाको विवाद उत्कर्षमा, प्रमुख सचेतकबाट शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी

          |   प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७     ::: 267 पटक पढिएको   |  
प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएको पत्र र दलका सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेको पत्र ।

सुर्खेत असाेज २६ गते । कर्णालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद थप चर्किएको छ। नेकपाका बहुमत सांसदहरुले मुख्यमन्त्रीविरुद्ध आइतवार मात्र संसदीय दलका अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। त्यस लगत्तै संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन्।

मुख्यमन्त्री शाहीले कामकाज सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाइएको बताएका छन्। यसअघि संसदीय दलको नेताको हैसियतमा आफूले विधान अनुसार प्रमुख सचेतकमा शाहलाई नियुक्त गरेको र अहिले काम सन्तोषजनक नभएकाले हटाइएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रका उल्लेख गरिएको छ।

आइतबार बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलको विधानअनुसार प्रमुख सचेतक शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका थिए। त्यही बैठकबाट अविश्वास प्रस्तावबारे छलफल गराउने तयारी गरेका शाहलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेको बताइएको छ। साथै दलका सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ। शाह पूर्वएमालेबाट निर्वाचित हुन भने नेपाली पूर्वमाओवादीबाट निर्वाचित भएकी हुन्। योसँगै कर्णालीमा नेकपा संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ।  



Leave a comment

Your email address will not be published.


*