अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम

अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम


काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक विद्यालयमा अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम वितरण गरी इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताएका छन् । मन्त्री गुरुङले कमलादीस्थित नेपाल दूर सञ्चार प्राधिकरणको केन्द्रीय कार्यालयमा मङ्गलबार अनुगमनका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले चालू शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहका हरेक वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा इन्टरनेट सेवा द्रुत गतिमा विस्तार गर्न आग्रह गरे । सिंहदरबारमा समेत इन्टरनेट सेवा गुणस्तरीय नभएको चर्चा गर्नुहुँदै सेवा गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाई छ ।
उनले देशभर अप्टिकल फाइबर बिच्छ्याउने (सूचना महामार्ग) कार्य तोकिएको समयमा सम्पन्न गर्न आवश्यक व्यवस्था मन्त्रालयका तर्फबाट गरिने बताए । सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पु¥याउने योजना साथ काम अगाडि बढाएकोमा केही समस्या आएको चर्चा गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन गर्नुपर्नेमा जोड दिए । विदेशमा बसेर नेपालका सम्बन्धमा भ्रामक अफवाह फैलाउने काम रोकिनुपर्ने मन्त्री गुरुङको भनाई छ । यस्तै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यसम्पादन सम्झौता अनुसारका काम तोकिएको समयभित्र सम्पन्न गर्न मातहत निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया