जवर्जस्ती करणी र चोरी मुद्धा लागेका फरार अभियुक्त पक्राउ

जवर्जस्ती करणी र चोरी मुद्धा लागेका फरार अभियुक्त पक्राउ

सुर्खेत : सुर्खेत उच्च अदालतले ९ वर्ष ३ महिना कैद २५ हजार जरिमाना तिराउने फैसला भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जवर्जस्ती करणी र चोरी मुद्धा लागेका सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ का कवि कालुङलाई पक्राउ गरेको हो ।

सुर्खेत उच्च अदालतको २०७७ साल फागुन ३ गतेको फैसला आदेश पश्चात फरार रहेका कालुङलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले जेठ २६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  पक्राउ परेको कालुङलाई कोरोना परीक्षण अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया