जन्मकैद सजाय तोकिएका अभियुक्त ३० बर्षपछि पक्राउ

जन्मकैद सजाय तोकिएका अभियुक्त ३० बर्षपछि पक्राउ

सुर्खेत : सुर्खेत जिल्ला अदालतले कतव्र्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाइएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक मेहलकुना–१ (हाल गुर्भाकोट नगरपालिका–८ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका–२ बस्ने काली भन्ने विरमी कमेनी रहेका छन् ।

३० बर्षदेखि फरार रहेकी विरमीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

२०४८ माघ १८ गतेदेखि फरार रहेकी विरमीलाई बिहीवार पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई कतव्र्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको थियो । पक्राउ परेकी विरमीलाई सुर्खेत जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया