मुस्ताङमा हिमपहिरो : ७ विद्यार्थीसहित ११ जना घाइते

          |   प्रकाशित मितिः आइतवार, कार्तिक २८, २०७८     ::: 196 पटक पढिएको   |  

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका छन् ।

नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको पनि प्रहरी प्रमुख दानीले बताउनुभयो । पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ । बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



Leave a comment

Your email address will not be published.


*