महिलामाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ

महिलामाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ

सुर्खेत : कुलपूजा गर्न आएकी एक महिलामाथि लेकबेंसी–४ दशरथपुरमा दुर्व्यवहार भएको छ । बुधबार सार्वजनिक भिडियोमा एक जनाले महिलालाई पैताला चटाएका छन् भने अर्काले देवता चढेको बहानामा शारीरिक आक्रमण गरेका छन् ।

भिडियो बाहिरिएपछि दुर्व्यवहार आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल–८ का १९ वर्षीय मिलन ज्ञवाली छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका  प्रहरी निरीक्षक कनकबहादुर शाहीले पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकिएको बताए । उनका अनुसार पीडित पक्षले उजुरी दिएको छैन । ती महिला पुस ४ मा पूजाका लागि माइती आएकी थिइन् ।

महिलामाथि तीन पुरूषले अमानवीय क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपछि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले विरोध गरिरहेका छन्।

प्रतिक्रिया