जोडियो कर्णाली राजमार्ग र करिडोर

जोडियो कर्णाली राजमार्ग र करिडोर

कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुस्थित कर्णाली नदीमा निर्माण भएको पक्की पुल । तस्बिर : हिक्मतबहादुर नेपाली ।

कालिकोट (खुलालु) : कर्णाली नदिको तिरमै रहेको जितेगडा बजार । जीते बजारस्थित झोलुङ्गे पुल र कर्णाली नदिको फेरी । कर्णाली नदिमाथी पक्की पुल नहुँदा झोलुङ्गे पुलबाट आवतजावतसँगै खाद्यान्न लगाएतका सामग्री ओसारपसार हुन्थ्यो । फेरीको सहयोगमा नदिबाट सवारी साधनदेखि सरसामान जोखिम मोलेर तारिन्थ्यो । अब भने त्यो जोखिम अन्त्य भएको छ । झोलुङ्गे पुल र फेरीबाट जोखिम मोलेर आवतजावतसँगै सरसामान ओसार्नुपर्ने बाध्यता अन्त्य भएको हो । कर्णाली करिडोर अन्तरर्गत कर्णाली नदिमा पुल बनेपछि स्थानीयले खेप्दै आएको सास्ती समेत हटेर गएको छ ।

कर्णाली नदिमा पक्की बनेपछि सहज भएको नरहरिनाथ गाउँपालिकाका अमरबहादुर शाहीले बताए । ‘पुल नहुँदा निकै सास्ती थियो, सामानहरु झोलुङ्गे पुलबाट महंगो मुल्य तिरेर ओसारपसार गर्नुपरेको थियो,’ शाहीले भने, ‘अब निर्माण सामग्री र दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र यात्रुलाई आवागमन गर्न निकै सहज भयो ।’ पुलबाट सिधै उपभोग्य सामग्रीहरु ओसारपसार गर्न सकिने भएपछि उपभोक्ताहरुले सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तुहरु पाउने शाहीको भनाई छ ।

कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने कर्णाली नदिस्थित खुलालु पुल हालै सञ्चालनमा आएको हो । लामो समयदेखि अलपत्र पर्दै आएको पुल हालै सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि कर्णाली राजमार्गबाट करिडोर हुँदै कालीकोटको पश्चिम उत्तरी भेगसहित बाजुरा, मुगु र हुम्लाको सिमानासम्म एउटै गाडीबाट आवतजावत गर्न सकिने कालिकोटका जनकबहादुर विष्टले बताए । ‘दुर्गम गाउँका नागरिकहरु बिरामी पर्दा अस्पतालसम्म पु¥याउन समेत समस्या थियो, अब सबै समस्या समाधान भएका छन्,’ विस्टले भने ।

कालीकोटको पश्चिम क्षेत्रमा दैनिक उपभोग्य सामग्री सामान ओसारपसार र आवतजावतमा पर्दै आएको समस्या पुल बनेपछि समाधान भएको दैलेखका हीरासिंह थापा बताउँछन् । सवारी चालक भद्रबहादुर रावलले कर्णाली करिडोर अन्तरगर्त खुलालुमा पुल बनेपछि सहज भएको बताए । ‘जितेर बजारस्थित फेरीबाट जोखिम मोलेर गाडी तार्नुपथ्र्यो,’ फेरी नचल्दा उस्तै समस्या हुन्थ्यो, पुल बनेपनि सहज भएको छ,’ उनले भने । नदीमा पुल बनेपछि ढुवानी भाडा पनि घट्ने रावल बताउँछन् ।
खुलालु पुलको शिलान्यस १२ बर्ष अघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले गरेका थिए भने दोस्रो पटक २०६९ मा तत्कालीन भौतिक पुर्वाधारमन्त्री बिमलेन्द्र निधिले शिलान्यास गरेका थिए । ठेकेदारको लापरबाहीले लामो समयदेखि पुल निर्माण अलपत्र परेको थियो । खुलालुस्थित कर्णाली करिडोर अन्तरगर्त कर्णाली नदिमा पक्की पुल निर्माणका लागि आर्थिक बर्ष २०६८/०६९ मा ठेक्का भएको थियो । सडक डिभिजन जुम्लाका ईन्जिनियर सन्तोष भण्डारीका अनुसार कन्काई र नेपाल प्रगति जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । ‘ठेक्का सम्झौता अनुसार २०६९ असारमा सम्झौता भई २०७२ असारसम्ममा पुल निर्माण हुनुपर्ने थियो, समय गुज्रिसक्दा पनि पुल निर्माणको कामले गति लिन सकेन्,’ ईन्जिनियर भण्डारीले भने ‘सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी थियो, पछि कन्काई जेभीले काम पुरा गर्छौ भनेपछि पुःन म्याद थप गरेर पुल निर्माण अघि बढाईएको थियो ।’ उनका अनुसार भ्याटसहित १५ करोड ९२ लाख रुपैयाँको लागतमा पुल निर्माण भएको हो । अहिले स्टिल ट्रससहितको ७५ मिटर लम्बाई र ९ मिटर चौडाईको पक्की पुल बनेको हो ।

२०७१ साल चैत ९ गतेबाट नेपाली सेनाले कर्णाली करिडोर अन्तरगर्तको सडक निर्माण कार्य अघि बढाएको थियो । खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माण गरी नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । तर कर्णाली नदिस्थित खुलालुमा पुल नबन्दा यात्रुहरू बीचमै झरेर जिते बजारबाट फेरि अर्को गाडी चढेर यात्रा गर्न बाध्य थिए ।

नर्थ–साउथ ग्रोथ एक्सिसको रुपमा रहेको कर्णाली करिडोर नेपालको उत्तिरी सिमानामा रहेको हिल्सालाई दक्षिणी सिमानामा रहेको जमुनाहा नाकासँगै सिधा सम्पर्क स्थापना गर्न महत्वका साथ हेरिएको छ । यस्तै करिडोरले कर्णाली क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र मानसरोवर जाने तिर्थयात्रीहरुका लागि कोसेढुंगा सावित हुनेछ ।

प्रतिक्रिया