बालबालिकालाई खाद्यान्न सहयोग
![बालबालिकालाई खाद्यान्न सहयोग](https://snowberry.prixacdn.net/media/gallery_folder/283448356_480297827228268_6806857798549025165_n_N1qrmwAKjn_9xaglfhxq9bmorrgntpvy8r7dleifz02rakyetfte74kcbg5aw8fdvoyruhx.jpg)
दैलेख : दुल्लु नगरपालिका–७ मा तीन बालबालिका रहेको एक परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराईएको छ । सामाजिक सेवा केन्द्र (सोसक) नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले बालकको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । नन्दा शाह र उनका दुई छोरा र एक छोरीको लागि खाद्यान्न उपलब्ध गराईएको हो । उनिहरुलाई ३ बोरा चामल, २ केजी दाल, ५ लिटर तेल र २ केजी नुन सहयोग गरिएको हो ।
नन्दाका श्रीमानको २०७८ फागुन १७ गते भारतमा निधन भएको थियो । घरमा कमाउने कोही नभएको र घरजग्गा समेत बैंकले लिलाम गरिदिएपछि नन्दा र उनका छोराछोरी बिचल्लीमा परेका छन् । उनिहरुले बैंकमा जग्गा धितो राखेर ऋण लिएका थिए । ऋण तिर्न नसक्दा बैंकले जग्गा लिलाम गरेको बताईएको छ ।
प्रतिक्रिया