प्लास्टिकजन्य फूलगुच्छा र माला प्रतिबन्ध, पुष्प व्यवसायी उत्साहित

प्लास्टिकजन्य फूलगुच्छा र माला प्रतिबन्ध, पुष्प व्यवसायी उत्साहित

सुर्खेत : सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।

वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ । निणर्य कार्यान्वयन भएसँगै पुष्प व्यवसायी उत्साहित छन् । बजारभरि छ्यापछ्याप्ती पाइने प्लास्टिकजन्य फूलहरु सरकारले बेच्न रोक लगाएपछि व्यवसायीहरु उत्साहित देखिन्छन् । तीहारको मुखमा प्लास्टिकको फूलहरुको मालामा सरकारले रोक लगाएसँगै तीहारका लागि पुष्प व्यवसायीहरुलाई फूल टिप्न र माला उन्न भ्याइ नभ्याइ छ । ३ महिनाअघि किसानले रोपेको फूल यति बेला ढकमक्क फूलेको छ । किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त हुन थालेका छन ।

धार्मिक, साँस्कृतिक, सामाजिक, शारिरीक, मानसिक, भावनात्मक र वातावरणिय महत्व र फाईदाहरू धेरै भएको फूलको आर्थिक महत्व र दायरा बर्तमान समयमा बढ्न थालेको छ । पुष्प व्यवसायमा कर्णाली आत्मनिर्भर बन्नुपर्ने अवसर आएको वीरेन्द्रनगर–३ तातापानी झरना नर्सरीका संचालन धन बहादुर थापा बताउँछन् । उनले ६० हजार विरुवा उत्पादन गरेर बेचेका थिए । चार कठ्ठामा पुष्प व्यवसाय गरेका थिए ।

अघिल्लो हप्ता निरन्तर परेको अविरल वर्षाले क्षती पु¥याएका कारण फुलहरु नष्ट भएको उनि बताउँछन् । ‘फूलहरुको महत्व नबुझ्नेहरुले प्लास्टिकका माला लगाउने गरेपनि पछिल्लो समय सचेत भइसकेका छन्, फूलहरुको महत्व बुझ्दै गएका छन्,’ उनि भन्छन् ।

त्यस्तै वीरेन्द्रनगर–८ खजुरामा पत्रकार हरिहरसिंह राठौरले पनि पुष्प व्यवसाय गरेका छन् । तीहार नजिकिदै गर्दा फुल टिप्न र माला उन्न भ्याइनभ्याइ छ । अहिले उनी पत्रकारितासँगै फूलखेतीमा रमाएका छन्, हरिहरसिंह राठौर । बजारमा छ्यापछयाप्ती प्लास्टिकजन्य फुलका माला आउन थालेपछि प्लास्टिकको माला विस्थापित गर्नलाई फूलको माया स्थापित गर्नको लागि पनि पुष्प व्यवसाय सुरुवात गरेको राठौर बताउँछन् । नेपाली समाजमा फूलको महत्व र अस्तित्व हराउँदै गएको अवस्थामा पत्रकारितासँगै पुष्प व्यवसायमा पनि हात हालौँ भनेर लागेको हुँ,’ उनले भने, ‘अहिले आठ कठ्ठा जग्गामा पुष्प व्यवसाय गरेको छु ।’

२०५० सालमा पत्रकारिता क्षेत्रमा होमिएका राठौरले पत्रकारितासँगै वीरेन्द्रगर नगरपालिका–८ मा पुस्प व्यवसाय गर्दै आएका छन् । नेपाली समाजमा फुलको अस्तित्व संकटमा पर्दै गएका बेला पुष्प व्यवसायको संरक्षणमा जुटेको उनी बताउँछन् । ‘फूलको माग दिन प्रतिदिन जुन गतिमा बुद्धि भईरहको छ त्यहि गतिमा यसको खेती वा व्यवसायको महत्वको बारेमा चेतना हरेक स्थानमा जागृत हुनु जरुरी भइसहेको छ,’ उनि भन्छन् ।

फूल खेती वा पुष्प व्यवसाय आजको युगमा निकै लाभदायक बहु–उपयोगी र प्रचुर नाफामुलक व्यवसायका रुपमा स्थापित हुन सक्ने सम्भावना देखिएको पुष्प व्यवसायी बताउँछन् । मानव संस्कार सस्कृतीमा जन्मदेखि मृत्युसम्म फूलसंग मानिसको अटुट साईनोको रुपमा गाँसिएको छ । त्यसैले आजको समयमा पुष्प व्यवसायको महत्व बढ्दै गएको छ । बालकको धर्तिमा आगमन पश्चात त्यसको खुसीयालीमा शुभ चिन्तकहरुले पुष्प गुच्छाद्धारा बालकका आमा बुबालाई बधाई टक्राउने परम्परा पनि छ ।

फूलको महत्व यति मात्र नभई, जन्मोत्सव, विवाहोत्सव र अन्य खुसीका उत्सवहरुमा पुष्प गुच्छाको अर्पण गर्ने पश्चिमी चलनले नेपालका शहरी सभ्यतालाई पच्छइरहेको छ । विदाईका आँसुका थोपासंग मात्र होईन विदाई पश्चातको स्वागतका हर्ष संग–संगै पनि पुष्प गुच्छा अपर्ण गर्ने प्रचलन पछिल्लो समय नेपाली परिवेशमा विकसीत भईरहेको छ । मानिस अशक्त र रोगी हुँदा शीध्र स्वास्थ लाभको कामना गर्न पनि पुष्प गुच्छाको महत्व बढदै गईरहेको छ ।

फूलहरुको महत्व बढ्दै गएता पनि महत्व अनुसारको उत्पादन नहुँदा तीहार तथा छठ पर्वमा फूलको लागि भारतको मुख ताक्नुपर्छ । पुष्प व्यवसायमा नेपालसँगै कर्णालीलाई आत्मनिर्भर बनाउनको लागि पुष्प व्यवसायीलाई बीउविजन र अनुदान दिएर पोत्साहन गर्नुपर्ने पत्रकार तथा पुष्प व्यवसायी राठौर बताउँछन् । फुलहरुका लागि कर्णाली र सिंगो नेपाललाई आत्मनिर्भर बनाउनको लागि भारतबाट आयात हुने फूलहरुमा पुर्ण रुपमा रोक लगाउनुपर्छ,’ उनले भने ‘प्लास्टिकजन्य मालाहरुमा रोक लगाएको प्रसंशनीय छ यसलाई अझै नियमन र कडाइ गर्नुपर्छ ।’

प्रतिक्रिया