‘हामी हाम्रा बालबालिकालाई सफासहित निरन्तर विद्यालय पठाउँछौँ’

‘हामी हाम्रा बालबालिकालाई सफासहित निरन्तर विद्यालय पठाउँछौँ’

दशरथ मावि प्याडुलीमा अध्यनरत बालबिकास कक्षाका अभिभावकसँग छलफल गर्दै सामाजिक परिचालक मनसरा बिष्ट

सुर्खेत :  दैलेखको ठाटीकाँध गाउँपालिका २ दशरथ माध्यामिक विद्यालय प्याडुलीमा अध्यनरत बालबिकास कक्षाका अभिभावकसँग भेटघाट कार्यक्रम गरिएको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा संचालित सहकार्यपरियोजना अन्र्तगत विद्यार्थीको सरसफाई र पठनपाठनमा सहयोग पुग्ने उद्धेश्यले भेटघाट कार्यक्रम थालिएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा संचालित सहकार्य परियोजना संचालन प्रश्चात् गाउँपालिकाका सबै वडाहरुमा निरन्तर अभिभावक र विद्यार्थीसँग छलफल कार्यक्रम गरिदै आएको सहकार्य परियोजनामा कार्यरत सामाजिक परिचालक मनसरा बिष्ट बताउँछिन् ।

गाउँपालिकाका सबैजसो विद्यालयमा यसरी नै अभिभावकसँग छलफल गर्ने गरेका छौँ,’उनले भनिन्,‘यसरी भेटघाट छलफल गर्नुको मुख्य उद्धेश्य विद्यार्थीको सरसफाई र विद्यालयमा पठनपाठनको सहज बातावरण छ छैन भन्ने र विद्यालयको पहुँचमा नपुगेका विद्यार्थी विद्यालयको पहुँचमा पुगुन भन्ने हा ।’

विद्यालय भेटघाटमा कार्यक्रममा विद्यार्थीको सरसफाई र घरदेखि विद्यालय सम्म पठनपाठनमा सहयोग गर्ने अभिभावकले निर्णय गरेका छन् । अध्यनरत बालबिकास कक्षाका अभिभावकहरुले छलफल कार्यक्रममा आफ्ना बालबालिकाहरुलाई सफा र निरन्तर रुपमा विद्यालय पठाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया