चिसो र धुलाम्य भुईँमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य

चिसो र धुलाम्य भुईँमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य

दैलेख : ठाटीकाँध गाउँपालिका–२ की जानकी थापा कक्षा एकमा अध्ययनरत छिन् । गाउँकै जनता आधारभुत विद्यालयमा अध्ययनरत उनि कहिले खुला चौर त कहिले चिसो र धुलाम्य भुईँमा बसेर पढ्न बाध्य थिइन् । ठिह¥याउने चिसोमासमेत उहिँ चिसोमा बसेर पढ्नुपर्ने बाध्यता थियो । यहि कारण उनी नियमित विद्यालय आउँदैनथिइन् । यहि विद्यालयको बाल विकासमा अध्ययनरत सन्देश थापा फोहोर र अव्यवस्थित कोठामा बसेर पढ्न बाध्य थिए ।

अब भने उनिहरुलाई चिसो र धुलाम्य भुईँमा बसेर पढ्नुपर्ने बाध्यता अन्त्य भएको छ । उनिहरुजस्तै यहाँका बाल विकास, कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाहरु सफा र चिटिक्क परेको कक्षा कोठामा बसेर पढ्न पाईरहेका छन् । गाउँपालिकाका २१ वटा विद्यालयलाई पिफर्म र जुट कार्पेट र बालमैत्री टेबल र शैक्षिक सामग्री सहयोग भएको छ । जसका कारण बालबालिकाको बसाई व्यवस्थापनसँगै पठनपाठनमा सहज भएको छ । चिसो भुईँमा धुलोमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य, बालबालिकाको विद्यालय नियमिततामा बृद्धि तथा सिकाई गुणस्तरसँगै प्रभावकारी बनाउन सामग्रीहरु सहयोग गरिएको    हो ।

मालिका मावी पाँचलाका शिक्षिका बिमाकुमारी सिजापती रोकायले बालबालिकाहरुले बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग पाएपछि कक्षा कोठाको मुहार नै फेरिएको बताइन् । ‘बालबालिकाहरु चिसो भुईँमा धुलोमा बसेर पढ्न बाध्य थिए, अब त्यो समस्या हटेर गएको छ,’ उनले भनिन् । बसाई व्यवस्थापनपछि बालबालिकाहरुको विद्यालय नियमिततामा बृद्धि भएको उनको भनाई छ ।

सोहि विद्यालयका प्रधानाध्यापक धीरबहादुर शाहीले बाल विकास, कक्षा १ र २ को कक्षा कोठा व्यवस्थापनका लागि पाएको सहयोगहरुले शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याएको बताए । कार्पेट, पिफर्म तथा उमेर अनुसारका बालमैत्री टेबलहरुले बालबालिकाको बसाई र अध्ययनका लागि सहज भएको शाहीको भनाई छ ।

एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजनाले बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट, टेवल तथा शैक्षिक सामग्री सहयोग गरेको छ । यसबाहेक विद्यालयका शिक्षकहरुलाई क्षमता अभिबृद्धि समेत गरिएको परियोजना संयोजक जिवराज रेग्मीले बताए ।

‘हामीले ठाटीकाँध गाउँपालिकाका ३९ वटा सामुदायिक विद्यालय मध्ये २१ वटामा कार्पेट, पिफर्म, टेवलसहित शैक्षिक सामग्री उपलब्ध गराएका छौँ,’ उनले भने ‘पाँच वटा विद्यालय मर्मतसहित रंगरोगन गरिसकेका छौँ ।’ २१ वटा विद्यालयका लाग एक सय ४५ वटा बालमैत्री टेबल हालै वितरण गरिएको रेग्मीले बताए । उनका अनुसार गाउँपालिकाभित्र रहेका ७ वटा स्वास्थ्य संस्थालाई विभिन्न २२ किसिमका स्वास्थ्य सामग्री तथा उपकरणहरु समेत प्रदान गरिएको   छ । गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह र सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको उपस्थितीमा सामग्री वितरण गरिएको हो ।

 

प्रतिक्रिया