उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव

उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्काघातका काराण गम्भीर बिरामी पर्नुभएकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो ।

उनको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्काघातका कारण उहाँको शरीरको दाहिने भाग चल्न छाडेको श्रीमान् चक्र बोहराले बताए ।

यही मङ्सिर ५ गते गाउँ नजिकैको खेतमा गाईवस्तु चराउन जाँदा एक्कासि बेहोस भएको परिवारजनले बताएका हुन् । त्यसपछि उहाँको बोली नफुटेको र शरीरको दाहिने भाग चल्न छाडेको उनका छोरा सञ्जितले बताए । आफन्तले सामान्य आर्थिक जोहो गरेर बिरामी काठमाडौँ पु¥याइए पनि अहिले उपचारमा आर्थिक समस्या भएको सञ्जितले बताए ।

बिरामीका छोरा सञ्जितले भने, “उपचारमा दैनिक १५ देखि २० हजार खर्च भइरहेको छ, उपचार गर्न कति दिन लाग्छ, ठेगान छैन । उपचार खर्च अभाव छ ।” बिरामीलाई उपचारमा सहयोग गर्न आफन्तले आग्रह गरेका छन् ।

प्रतिक्रिया