कर्णाली प्रदेश सरकारलाई १२ बुँदे कर्णाली घोषणा पत्र

कर्णाली प्रदेश सरकारलाई १२ बुँदे कर्णाली घोषणा पत्र

सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगरमा प्रथम बालभेला सम्पन्न भएको छ । “समृद्ध कर्णाली : सुखारी कर्णालीवासी”लाई मुर्तरुप दिन मन्त्रालयको आयोजना तथा नागरिक समाज संस्था लगायत विकासका साझेदार संस्थाहरूसँगको सहकार्यमा बालअधिकार लागि नेतृत्व विकास तालिमसँगै प्रथम प्रदेश बाल भेला सम्पन्न भएको छ ।

प्रथम बाल भेलाबाट कर्णालीमा भएका बालबालिकाका सवालहरूलाई पहिचान गरी सम्बोधनका लागि कर्णाली प्रदेश सरकारलाई १२ बुँदे कर्णाली घोषणा पत्र बुझाइएको छ ।

प्रथम बालभेला २०७९ बाट सामाजिक अपराधको रुपमा रहेको बाल विवाह, समावेशी गुणस्तरीय शिक्षामा सरकारी उदासिनता, किशोरकिशोरीहरूमा बढ्दो कुलतको रुपमा रहेको लागु पदार्थ दूव्र्यसनी लगायतका कुराहरु उल्लेख गरिएको छ ।

यस्तै सामाजिक कुसंस्कारको रुपमा रहेको महिनावारी विभेद, अपाङ्गता भएका बालबालिकाको मैत्रीपूर्ण तथा समावेशी संरचना तथा अवसर नहुनु, वढ्दो घरेलु तथा लैङ्गिक हिंसा, जोखिमपूर्ण र निकृष्ट बाल श्रम, बाल यौन शोषण तथा दूव्र्यवहार, सकारात्मक अभिभावक शिक्षा तथा जिम्मेवारीमा कमी, बालबालिकाको विचार भावनाको कदर नहुनु, बालविकासको अवरोधको रुपमा रहेको कुपोषण, स्थानीय तथा प्रदेश तहमा बालसंरक्षण प्रणालीको क्रियाशिलतामा कमी लगायत १२ बुँदे घोषणा पत्रमा उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धीको अनुमोदनसहित नेपालको संविधानमा बालबालिकाको हकअधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्दै, बालबालिकाको अधिकारको सम्मान, संरक्षण, परिपुर्ती गर्ने प्रतिवद्धता गरेको छ ।

बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिताका लागि बालबालिका सम्बन्धी ऐन २०७५ र यसको पूरक कानूनको रुपमा बालबालिका सम्बन्धी नियमावली २०७८ ले बालअधिकारलाई सुनिश्चित गर्न राज्य तथा सबै सरोकारवालालाई दायित्वबोध बालअधिकारका लागि साझा अभियान कर्णालीका संयोजक टेकराज आचार्यले बताए ।

कर्णालीमा विद्यमान बालबालिकको सवालहरुको पहिचान गरी समाधानकोे लागि पैरवी तथा अभियान योजना तयार गर्ने उद्धेश्यले संचालन गरिएको थियो,’ उनले भने, ‘र त्यसै अनुरुप प्रथम कर्णाली बालभेलाले १२ बुँदे कर्णाली घोषणा पत्र पनि सरकारलाई बुझाएको छ ।’
बालअधिकारका लागि नेतृत्व विकास तालिममा बालक्लबमा आवद्ध भएकर्णाली प्रदेश सरकारलाई १२ बुँदे कर्णाली घोषणा पत्र ।

कर्णालीमा विद्यमान बालबालिकको सवालहरुको पहिचान गरी समाधानकोे लागि पैरवी तथा अभियान योजना तयार गर्ने उद्धेश्यले संचालन गरिएको थियो,’ उनले भने, ‘र त्यसै अनुरुप प्रथम कर्णाली बालभेलाले १२ बुँदे कर्णाली घोषणा पत्र पनि सरकारलाई बुझाएको छ ।’
बालअधिकारका लागि नेतृत्व विकास तालिममा बालक्लबमा आवद्ध भएका कर्णालीका १० वटा जिल्लाबाट ३७ जना बालबालिकाको सहभागिता रहेको आचार्यको भनाइृ छ । बालबालिका सहित ३१ जना अभिभावक गरेर ६८ जनाको सहभागिता रहेको उनकोे भनाई छ ।

प्रतिक्रिया