कालिकोटको नरहरीनाथमा पढाई मेला सम्पन्न

कालिकोटको नरहरीनाथमा पढाई मेला सम्पन्न

कालिकोट :  कालिकोटको नरहरीनाथ गाउँपालिकाको विश्वकुना माध्यामिक विद्यालयमा पढाई मेला सम्पन्न भएको छ । विद्यार्थी, अभिभावक र शिक्षकबीच बाहिरी ज्ञान र विद्यालयस्तरमा भइरहेका सिकाईको एक अर्कामा आदानप्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

मेलामा स्थानीय स्तरमा निर्मित सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको छ । प्लान इन्टरनेसनलको सहयोग, किर्डाक, नेपालको सहजिकरण, गाउँपालिका संगको समन्वयमा विद्यालयले मेलाको आयोजना गरेको हो । पढाई मेलामा शिक्षक, अभिभावक र विद्यार्थीको भेलासँगै शिक्षण सिकाइका क्रियाकलाप र विभिन्न प्रतियोगीता पनि आयोजना गरिएको थियो ।कार्यक्रममा विभिन्न प्रतियोगीतामा प्रथम, द्वितीय, तृतिय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थी र प्रदशनीमा उत्कृष्ट शैक्षिक समाग्री ल्याउने अभिभावक, शिक्षकलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक र अन्य सरोकारवाला २ सय जनाको सहभागिता रहेको थियो ।

प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको लेखाइ, पढाइ र सिकाइ सिप वृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले संचालन गरिएका यस्ता कार्यक्रमले दुर्गम बस्तीमा राम्रो प्रभाव पार्ने किर्डाक, नेपालका परियोजना संयोजकले जनाएका छन् । पढाई मेलाले विद्यालय, अभिभावक तथा विद्यार्थीलाई थप ऊर्जा हौसला थप्ने र यस्तो कार्यक्रम सञ्चालन नभएका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्नुपर्ने पढाइ मेलाका प्रमुख अतिथि तथा वडा अध्यक्ष नन्दराम सहकारीको भनाई छ । बालबालिकालाई पाठ्यपुस्तकको ज्ञ्यानका रूपमा मात्र विकास भइरहेको पुरानो शिक्षण प्रणालीलाई हटाउँदै यस्ता रचनात्मक कार्यक्रमले प्रयोगात्मक रूपमा खेल्दै पढ्दै शिक्षामा आर्कषण गर्ने देखिन्छ ।

प्रतिक्रिया