आगाेले पाेलिएका घाइतेहरुकाे नेपालगन्ज हुँदै

        #ज्वालासन्देश संवाददाता   |   प्रकाशित मितिः बुधबार, बैशाख २७, २०८०     ::: 832 पटक पढिएको   |  

दैलेख – आठबीस नगरपालिका वडा नं.६ स्थित माल्यको वनमा भएको आगलागीमा घाइते भएका ११ मध्ये गम्भीर ८ जनालाई हेलिकप्टर मार्फत उद्दार गरी नेपालगञ्जमा उपचार थालिएको छ ।

घाइते मध्ये आठबीस नगरपालिका–६ सिगासैनका ३५ वर्षीय भैरे भन्ने भीमबहादुर बिक, ३४ वर्षीय प्रकाश बिक, ३० वर्षीया बसन्धुरा बिक र ३२ वर्षीया जुना बिकलाई भेरी अस्पतालमा उपचार सुरु भएकाे मेडिकल सुपरिटेन्डेन्ट डा. राजन पाण्डेले बताउनुभयाे ।

अरु ४ जनाकाे नेपालगञ्ज कलेजमा उपाचार भइरहेको बताइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा आठबीस नगरपालिका–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरुले काम गरिरहेको बेला जंगलमा तलतिरबाट एक्कासी आगोको लप्काहरुले आएर कामदारहरु घाइते भएका आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले जानकारी दिनुभयो ।

घाइतेहरुको प्राथमिक उपचारका लागि राकमस्थित स्वास्थ्य चाैकीमा थियाे । घाइते मध्ये सामान्य अवस्थाका दुई जनालाई घर फर्काइएको आठबीस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सिनाले जानकारी दिनुभयाे ।



Leave a comment

Your email address will not be published.


*