आगलागीका गम्भीर घाइते चार जनालाई काठमाण्डौं पु¥याइयो

आगलागीका गम्भीर घाइते चार जनालाई काठमाण्डौं पु¥याइयो

दैलेख – प्रधानमन्त्री रोजगार कार्यक्रमको गोरेटो बाटो खन्ने क्रममा जंगलमा लागेको आगोले पोलिएर घाइते भएका १० मध्ये गम्भीर घाइते चार जनालाई थप उपचारका लागि काठमाण्डौंको किर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको छ । बर्न अस्पताल पोलिएका घाइतेहरुको उपचार गर्ने नेपालकै राम्रो अस्पताल हो ।

बुधबार हेलिकप्टरबाट नेपालगञ्ज पु¥याइएका ८ मध्ये आठबीस नगरपालिका–६ सिंगासैनका ३० वर्षीय नबिन बिक, ३१ वर्षीया बसन्धुरा बिक, १९ वर्षीया जौकला बिक र २३ वर्षीया नैना बिकलाई काठमाण्डौंको किर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको बताइएको छ ।

नेपाली सेनाको स्काई भ्यानबाट बिहीबार त्यहाँ लगिएको आठबीस नगरपालिकाका उपमेयर कल्पना थापाले जानकारी दिनुभयो । संघीय संसदका साँसदहरु, कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य र सरकारी अधिकारीहरुको सहयोग र सद्भाव निम्ति उपमेयर थापाले धन्यवाद दिनुभएको छ ।

धबार हेलिकप्टरबाट नेपालगञ्जका भेरी अस्पताल र नरसिंह कलेजमा पु¥याइएकोमा आठ मध्ये ५५ वर्षीय भैरे बिकको उपचारको क्रममा गएको र चार जनालाई काठमाण्डौं पठाइएपछि बाँकी तीन जनाको नेपालगञ्जमा उपचार चलिरहेको छ ।
आठबीस नगरपालिका–६ सिंगासैनका १८ वर्षीया छत्रा बिक र १८ वर्षीय मोतिराम बिकको नरसिंह कलेज अनि भेरी अस्पतालमा २९ वर्षीय प्रजबहादुर बिकको उपचार चलिरहेको भेरी अस्पतालका डा. रुपानन्द अधिकारीले बताउनुभयो ।

आठबीस नगरपालिका–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते भएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठबीस–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते भएका थिए । यसअघि घाइतेहरूको प्राथमिक उपचार राकमको स्वास्थ्य चौकीमा भएको थियो ।

तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते १० जना मध्ये दुई २३ वर्षीया जुना बिक, २४ वर्षीया मीना बिक चाहिँ राकमको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घर फर्किनुभएको थियो ।

घाइतेहरुलाई मात्र हेलिकप्टरले नेपालगञ्ज पु¥याएपछि परिवारकै नातेदार बिना मृतकको शव बुझाउने, अप्रेशन गराउन जिम्मेवारी बस्ने र उपचार प्रभावित भएपछि आठबीस नगरपालिका उपमेयर कल्पना थापाले मृतक र घाइतेहरुका परिवारजनलाई लिएर नेपालगञ्ज पुग्नुभएको थियो ।

नेपालगञ्ज पुगेर गम्भीर घाइतेहरुलाई काठमाण्डौं पठाउने, उपचार चलिरहेकाहरुको प्रभावकारी उपचार बाहेक मृतक भैरे बिकको साँस्कृतिक रुपमा सदगद गराउने परिवारजनको आग्रह अनुसार शव दैलेख लिएर काम पनि उपमेयर थापा आफैले गर्नुभएको छ ।

प्रतिक्रिया