यो आर्थिक बर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन्

यो आर्थिक बर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन्

मनोज ज्ञवाली

यो आर्थिक बर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन् । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन । केहि सुचकांक निम्नानुसार छन ।

१. मुद्रास्फिति (Inflation) को दर दुई गुणा भन्दा बढिले बढेर ६ प्रतिशत हाराहारी पुगेको छ । थोक मूल्यको मुद्रास्फिति १० प्रतिशत भन्दा बढिले बढ्यो ।
२. कर्जा बृद्दिदरको एक तिहाइ पनि निक्षेपको बृद्दिदर हुन सकेन । स्थानीय सरकारको खाताको ८० प्रतिशतसम्म रकमलाई बैंक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यबस्था गर्दा समेत सवा खर्ब निक्षेप बृद्धि पनी हम्मे हम्मे भयो । बैकहरुको CD Ratio  ९१ प्रतिशतको हाराहारी छ ।
३. व्यापार घाटा ३०–४० प्रतिशतले बढेको छ । बैदेशीक मुद्रा संचिति घट्दै गएर साढे छ महिना सम्मको बस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ ।
४. २ लाख भन्दा बढि थप नेपाली नागरिकहरु बैदेशीक रोजगारमा जाँदा पनी रेमिटेन्स ६ प्रतिशत हाराहारीले घटेको छ ।
५. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५५ प्रतिशत भन्दा बढिले बृद्दि भएकाले त्यसको असर नेपालमा पनि परेको छ ।
६. सरकारले पुर्ववत पुँजिगत खर्च गर्न सकेन् । बैदेशीक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन् । बैदेशीक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।
७. सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा रु १०० अर्ब भन्दा थप रकम जम्मा भएको छ । यसले तरलतामा थप चाप परेको छ ।
८. ब्याजदरमा बृद्धि भएको छ । नयाँ कर्जा पाउनै मुस्किल, पाइहाले पनी १३ प्रतिशत भन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ । यसले उधमशिलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ ।
९. देशको अर्थतन्त्रका सुचकांकहरु जस्तै रहे पनि नेपालीहरूको बैदेशीक यात्रा राम्रै बढेको छ । देशमा भन्दा विदेशमा सम्भावना बढि देखिदा विदेशीने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च ९२ प्रतिशत हाराहारीले बढेर रु ३६ अर्ब माथि पुगेको छ ।
१०. पुँजीबजार प्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक रु २०, २२ अर्ब कारोबार रकम पुगेको बजार घटेर रु २, ३ अर्ब दैनिक कारोबारमा सिमित भएको छ । यसले लगानीकर्ताहरुमा निराशासंगै पुँजी पलायनको समेत आशङ्का गरिएको छ । तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिदै समाधानका बारेमा सोचिएन । यस पटकको तरलता अभाब systemic हो र छिटै अनी सहजै समाधान हुँदैन भन्ने मेरो धारणा शुरुवात मै थियो ।

यस पटक अर्थतन्त्रका सुचकांकहरु सबै तिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थीती छ । अहिले कसले कसलाई दोष दिएर आफु चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन, समाधानका उपायहरुमा लाग्नुपर्छ अनी होस्टेमा हैसे गर्नु पर्छ । आत्तीनु पर्ने होईन र सम्हालिएर हिँड्नुपर्ने स्थीती चै छ । समय मै एउटा टास्क फोर्स (राजनैतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दिर्घकालीन समाधानका उपायमा काम गर्न जरुरी छ ।

प्रतिक्रिया