टेकराज भण्डारीको ‘लर्के जोवन’ बजारमा

टेकराज भण्डारीको  ‘लर्के जोवन’ बजारमा

काठमाडौं : सांगितिक बजारमा पछिल्लो समय नेपाली लोक गित संगित चर्चा परीचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । दैनिकजसो बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौँ माया पाएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा दोहोरी गायक टेकराज भण्डारीको नयाँ दोहोरी गित ‘लर्के जोवन’   सार्वजनिक भएको छ । उक्त लोकदोहोरी गीतमा सुनिता बुढा क्षेत्री, लक्ष्मी भण्डारी र गायक टेकराज भण्डारीको आवाज रहेको छ ।

गितमा चर्चित दोहोरी सर्जक रविन लामिछानेको उत्कृष्ट शब्द सृर्जना एवम् गायक पराजुलीको लय रचना रहेको छ । माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

तिलक ठकुरीको निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा करिष्मा ढकाल, लक्ष्मी भण्डारी, टेकराज भण्डरी र शिवजी क्षेत्रीको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई प्रकाश खड्काको छायांकन एवम् राजकुमार मगरले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ।

राजकुमार फिल्मसको पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो दाजु बहिनी को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

म्युजिक भिडियो : https://www.youtube.com/watch?v=CPCvtvmNoFs

 

प्रतिक्रिया