कर्णालीका दुःख गाउने गायकको मायालु ‘मीरा’ गीतको भिडियो सार्वजनिक

कर्णालीका दुःख गाउने गायकको मायालु ‘मीरा’ गीतको भिडियो सार्वजनिक

सुर्खेत :  जुम्लामा जन्मेर कर्णाली समर्पित गायक बनेका सुरज पण्डितको नयाँ गीत सार्वजनिक भएको छ । ‘मीरा’ बोलको गीत र भिडियो बुधबार राती सार्वजनिक भएको हो । गीतमा सुरज पण्डितको स्वर र अभिनय छ ।

सुरजले नै रचना गरेको, संगीत भरेको र स्वर दिएको गीतको भिडियोमा भने ममता रोकाया फिचर छिन् । पण्डित र रोकायाको माया प्रेमको कथा गीतमा देखिन्छ । तर त्यो भन्दा बढी डोल्पाको माथिल्लो भेगको सुन्दरता भिडियोमा रोचक ढंगले उतारिएको छ ।

गीतमा बेनिशा पौडेलको पनि स्वर छ । गीतको भिडियो भने लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुरज पण्डितले यसअघि ल्याएको रेलको बाटो र सिंहदरबार गीत चर्चित बनेका थिए ।

 

प्रतिक्रिया