सुवर्ण आलुसहित खाद्यान्न बालीम आत्मनिर्भर बन्दै

सुवर्ण आलुसहित खाद्यान्न बालीम आत्मनिर्भर बन्दै

बारा –   सुवर्ण गाउँपालिकाले खाद्यान्न बाली तथा आलु उत्पादनलाई प्राथमिकतामा दिँदै आएको छ । गाउँपालिकामा आल तथा खाद्यान्न बाली उत्पादन धेरै हुने भएकोले प्राथमिकतामा राखेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख रामेश्वर अधिकारीका अनुसार पालिकाभित्र आलु, धान, मकै तथा गहुँ वर्षेनी धेरै उन्पादन हुने गर्दछ ।

उत्पादनलाई बढाउनका लागि गाउँपालिकाले अनुदानमा उन्नत जातको बीउ, विषादी तथा सामग्री वितरण गरिने बताउनुभयो  । उत्पादित सामग्री पालिकासँगै अन्य जिल्लामा पनि बजारीकरणका लागि पठाइने उहाँले सुनाउनुभयो । 

गाउँपालिकामा उत्पादित आलु तथा खाद्यान्नलाई व्यापारी आफैँ लिन आउने उहाँले बताउनुभयो  । चालू आवमा पनि गाउँपालिकाले उत्पादन बढाउनका लागि योजना  सञ्चालन गरिने बताउनुभयो  । गाउँपालिकामा धान, मकै, गहुँ, आलृु लगायतको विभिन्न खाद्यान्न तथा तरकारी बाली लगाइने गरिन्छ । 

प्रतिक्रिया