मौरीपालन व्यवसायमा उत्साहित टाकुले चौरका कृषक

मौरीपालन व्यवसायमा उत्साहित टाकुले चौरका कृषक

सुर्खेत -  दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १ टाकुले चौरका दल बहादुर खड्का मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । आठ वर्ष पहिलेबा परम्परागत मुढे घारमा मौरीपालन गर्दै आउनुभएका खड्का अहिले भने आधुनिक घारमा मौरीपालन गर्दै आउनुभएको छ ।  
डिसिय नेपालको साझेदारी सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजना अन्र्तगत आधुनिक घार पाएपछि दल बहादुर झनै उत्साहित हुनुभएको छ ।

पहिले उहाँले मुढे घारमा मौरी पालन व्यवसाय गर्दै आउनुभएका थियो तर, अहिले दल बहादुर आधुनिक घारमा मौरी पालन व्यवसाय गर्दै आएको बताउनुहुन्छ । उमेरले ४६ बर्ष पुग्नुभएको दल बहादुर पहिले भारतमा गएर मज्दुरी गरेर परिवारको पालनपोषण गर्नुहुन्थ्यो । अहिले परिवारसँगै सुख दुख साट्दै स्वदेशमै मौरीपालन व्यवसायमा रमाउनुभएको छ । घरमा ८ जना परिवार सदस्य रहेका  उहाँकोे पढाइ लेखाइ समान्य रहेको  छ । पहिले भारतमा गएर काम काम गरेर छोरा छोरिलाई मुस्किलले पढाउनुहुन्थ्यो । अहिले मौरीपालन व्यवसाय सुरु गरेपछि दलबहादुरका दिन फेरिएका छन् भने पहिले भन्दा सहज भएको उहाँ बताउनुहुन्छ ।

मौरीपालन व्यवसाय सुरु गरेपछि पहिलेभन्दा अहिले  आम्दानीको स्रोत पहिलेभन्दा अहिले बलियो हुँदै गएको उहाँ बताउनुहुन्छ । मौरीपालन व्यवसायबाटै दलबहादुरले अहिले बार्षिक ५० देखि ६० हजार सम्म हुने गरेको उहाँको भनाई छ । गाउँघर टोल बस्तिमा सोसेक नेपाल आएपछि हामी मौरी पालन कृषक झन खुसि भएका छौँ,' उहाँ भन्नुहुन्छ, 'मेरो मात्र आम्दानीको स्रोत नभएर यहाँका अरु मौरीपालन गर्दै आएका किसानको पनि राम्रो आम्दानीको  स्रोत बनेको छ ।'

सोसेक नेपालले आधुनिक घार बितरण गरेपछि दलबहादुर मात्र नभएर देउति चौरका कृषकको पनि खुसिको सिमा छैन । हाम्रा बु बाजेले पाल्दै वा मौरी पालन गर्दै मुढेघार, भिर मौरीमा सिमित थिए अहिले हामिले आधुनिक घारमा सहित मौरीपालन सुरु गर्न पाउँदा निकै उत्साहित छौँ । अहिले सम्म हामीले आधुनिक मौरीको घार कतैबाट पाएका थिएनौँ सुनेका थियौँ । देख्न पाएका थिएनौं ।  सोसेक नेपालले मौरीको घार दिएपछि अहिले हामी निकै उत्साहित छौँ । 

अबका दिनमा पनि हामिलाई थप मौरी धेरै क्षेत्रमा बढाउनका लागि केही सहयोग गरिदिएको भए हामी जस्ता किसानलाई केही राहत हुने दल बहादुर बताउनुहुन्छ  । सोसेक नेपाल र नेपाल सरकार तथा कृषि विकास मन्त्रालय लाई केही सन्देश दिन्छु म लगाएत अन्य मौरीपालन किसानलाइ विषादि नियन्त्रण गरे मौरीपालन व्यवसाय फस्टाउथ्यो', उहाँले भन्नुभया,  'अर्गानिक खेतीतर्फ सबै किसानलाई बिष छर्न नदिने हो भने यसबाट हामी मौरी पाल्दै आएका किसानहरु धेरै लाभदायिक हुन्थ्यो ।' 

मौरी बाट मह तथा मैन उत्पादन गर्नुका साथै मौरी कमिला र वारुला संग नजिको जीव हो । मौरी ले हामी सबैलाई र बालिनालीमा परागसेचनमा ठुलो भुमिका खेलेको सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द्र माझी बताउनुहुन्छ । 

रानी मौरी कसरी कृत्रिम उत्पादन गर्ने भनी मौरीमा रोग किरा लाग्यो भने कसरी व्यवस्थापन गर्ने यसलाई भण्डारण कसरी गर्ने लगायतका तालिम समेत दिएको माझीले बताउनुहभयो ।  
 

प्रतिक्रिया