बदलिँदा राउटे

राउटे बालबालिकाको शिक्षा मोह

बदलिँदा राउटे

   दैलेख । स्थायी बसोबास,लेखपढ,खेतीपाती यो समुदायका महाशत्रु हुन् । पछिल्लो समय भने,राउटे समुदायका बालबालिका महाशत्रु ठानिएको लेखपढतिर ध्यान जान थालेको छ । बुढापाका आमा बाबु नदेख्ने गरि बस्ती टाढा गएर लुकीछिपी पढन थालेको एईआईएन लक्जेवर्गको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिनुभयो । 

राउटे समुदायका बुढापाका त पढन मान्दैनन् । तर बालबालिकामा शिक्षा मोह जागेको छ । पढन रहर लागेर बालबालिका आमा बाबुबाट लुकीछिपी पढछन् । केही बालबालिका आफ्नो नाम समेत लेख्ने चिन्ने भईसकेका छन् । राउटे बस्तीमा आउने विदेशी पर्यटक सँग कुरा गर्न सजिलो होस भन्नका लागि आफुहरु पढन थालेको बृषबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, तपाईहरु सँग हामी कुरा गर्न सक्छ । तपाईले लेखेर ल्याएको पढन सक्दैन । कुईरेको भाषा पनि बुझिदैन । विदेशीको भाषा बुझ्ने तपाईहरुले लेखेर ल्याएको कुरा पढन जान्यौं भन्या सजिलो होला भनेर पढन थालेका हौं । पढेर जागिरे खाने रहर छैन । जागिर खाने त तपाईले हो हामीले होइन, ।

पढाईसँगै सोसेक संस्थाले राउटे बस्तीमा स्वास्थ्य उपचार,सरसफार्ई काम थालेको सोसेकका कार्यकारी निर्देशक  हिरासिंह थापाले बताउनुभयो । राउटे परियोजनाले घुम्ती शिक्षा र घुम्ती स्वास्थ्य सञ्चालन गरेको छ । जहाँ राउटे जान्छन् । त्यही शिक्षक र स्वास्थ्यकर्मी जाने गरेका छन् ।  परियोजना सञ्चालनपछि यो समुदायमा सरसफाई,कपडाधुने नुहाउने गरेका छन् । सधैजसो जहाँत्यही फोहोर हुने राउटे समुदायको बस्ती आजभोली सफासुग्घर देखिन थालेको छ ।

बर्षको एकदिन मात्र नुहाउने गर्ने यो समुदाय हप्तादिनमै नुहाउने गर्छन । जहाँ बस्यो त्यही छाप्रो सँगै फोहोर हाल्ने खाल्डो समेत बनाउने गरेका छन् । पहिलो जस्तो बस्ती छिर्दा नाक छोप्नुपर्ने अवस्था छैन,राउटे समुदायमा काम गर्ने स्वास्थ्यकर्मी विनोद विसीले जानकारी दिनुभयो । जंगल जडीबुटीको विश्वास गर्दै आएका यो समुदायका नागरिक आजभोली हातखुट्टा चोटपटक लाग्ने वित्तिकै औषधी चाहियो भनेर स्वास्थ्य संघ संस्था जाने गर्दछन,उनले भनिन् ।  यो समुदायका महिला भने  सुरक्षित सुत्केरी स्वास्थ्य संस्था नगएर छाप्रोभित्र बच्चा जन्माउँछन् । दैलेखको गुराँस गाउँपालिकाको तल्लोडुगेश्वरमा जंगलमा बसोबास गर्दै आएका राउटे समुदायको जनसंख्या १ सय ३७ रहेको छ । यो समुदायमा पछिल्लो समय जनसंख्या घटदै जानुमा मदिरा नै कारण बनेको राउटे समुदायका अगुवाहरु बताउँछन् ।  
 

प्रतिक्रिया