डिजेल, पेट्रोल अभावमै दशैं

डिजेल, पेट्रोल अभावमै दशैं

ज्वाला सन्देश सम्वाददाता
दैलेख, कात्तिक ३ – यसपालीको दशैं भारतीय पक्षले लगाएको एकतर्फी नाकाबन्दी महिनौदिनसम्म खुकुलो नहुँदा दैलेखमा पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेको छैन् । जिल्लामा आयल निगमको एकमात्र अधिकृत विक्रेताले यसअघि पेट्रोलको स्विकृति नलिएकाले निगमको क्षेत्रीय डिपोले पेट्रोल पठाउन समस्या भएको हो ।डिजेल अभावका कारण देवकोटा चौकमा थन्काईएका ट्याक्टरहरु

डिजेल अभावका कारण देवकोटा चौकमा थन्काईएका ट्याक्टरहरु

लामो समयदेखि इन्धन अभाव झेल्दै आएका साना सवारी साधनले पेट्रोल नपाउँदा आवागमन प्रभावित हुन पुगेको छ । यसअघि सुर्खेतबाट अनधिकृत रुपमा ढुवानी गरेर सदरमुकामका विभिन्न पसलबाट इन्धन बिक्री हुँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जिल्लामा तीन हजार लिटर डिजेल आपूर्ति भएको बताए । निगमको अधिकृत विक्रेता श्रेष्ठ आयल स्टोर्सबाट यात्रु तथा मालवाहक सवारीसाधनका लागि दश–दश लिटर डिजेल बिक्री वितरण भैरहेको बताए । निगमको अधिकृत विक्रेता श्रेष्ठ आयल स्टोर्सका प्रोपराईटर सरस्वती श्रेष्ठले ३ घण्टामै ३ हजार लिटर तेल लाईनबाटै वितरण भएको बताईन् ।
इन्धन अभावले सवारीसाधन कम चल्दा यात्रुहरु दसैंका लागि घर फर्कन पाएका छैनन् । मोटरसाइकलको सहायताले गन्तव्यमा पुग्नेहरु पेट्रोल नभएपछि निराश छन् । घर जाने तयारीमा रहेकाहरु पेट्रोलको पखाईमा बसेको हप्तौं बितिसकेको छ । अधिकांश सरकारी तथा निजी मोटरसाइकलहरु पेट्रोल अभावले त्यसै थन्किएका छन् । कतिपय मोटरसाइकल धनीहरु पेट्रोल लिन नेपालगञ्जसम्म पुग्ने गरेको पाइएको छ । प्रजिअ घिमिरेले नाकाबन्दी खुकुलो भएसंगै ५ सय लिटर पेट्रोल पठाउन अनुरोध गरेपनि नआएको बताए । उनले भने, łधेरै अनुरोध गरेको छु । तैपनि, पेट्रोल पठाइएको छैन् । डिजेलमात्र आएको छ । सुर्खेतस्थित निगमको डिपोमार्फत् यहाँ इन्धन आपूर्ति हुने गर्दछ ।
त्यस्तै जिल्लामा दाल, चामल, चिनी लगायतका अत्यावश्यकीय खाद्य सामाग्रीको अभाव नरहेको दैलेख उद्योग वाणिज्य संघले जनाएको छ । संघका महासचिव नरेन्द्र थापाले इन्धनबाहेक अन्य खाद्य सामाग्रीको अभाव नरहेको बताए । łबन्द खुलेपछि डिजेल आयो । अब विस्तारै दैनिकी सहज होला । पेट्रोलमात्र आएको छैन्, थापाले भने, पेट्रोलको अधिकृत डिलर नभएकाले आउन कठिनाइ भएको हो । खाना पकाउने एलपी ग्यासको अभावसमेत नभएको व्यवसायीले बताएका छन् । खाद्य संस्थानले सहुलियतमा बिक्री गर्ने चामलसमेत तीन महिनासम्मका लागि मौज्दात छ । डिजेल उपलब्ध भएपछि जिल्लाका व्यवसायीले दसैं तिहारका लागि विभिन्न सरसामानहरु ग्रामिण इलाकातर्फ ढुवानी गर्न थालेका छन् । नौमूले, चौराठा, बेस्तडा, खरिगैरा, वडाखोला, रानीवन, देशीगाडे, दुल्लू लगायतका स्थानमा सदरमुकामबाट सिधै सामान ढुवानी गरिन्छ । यी बाहेक जिल्लाका अन्य व्यापारिक स्थानमा सिधै सुर्खेतबाट यातायात सञ्चालन हुने गर्दछ ।

प्रतिक्रिया