भारत तर्फ जादै गरेको शंकास्पत एक जोडी पक्राउ

भारत तर्फ जादै गरेको शंकास्पत  एक जोडी पक्राउ

सहबान अन्सारी

नवलपरासी

नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले नेपाल बाट भारत तर्फ जादै गरेको शंकास्पत एक जोडीलाई पक्राउ गरेको हो! सशस्त्र प्रहरी नायब निरिक्षक झलक बहादुर गुरुङ्गको नेतृत्वमा रहेको टोलीले आज बिहान चेक जाचको क्रममा गुठीपरसौनी ५ हरपुर (झुलनीपुर) नाका बाट नेपालबाट भारत जादै गरेको नवलपरासी सरावल ६ बस्ने २३ बर्षिय रन्जित बिक र कपिलबस्तु भलवार ४ बस्ने २८ बर्षिय प्रेमा राना मगरलाई पक्राउ गरेको हो! नेपालबाट भारत जान लागेको शंकास्पद जोडीलाई प्रहरीले सोधपुछ गर्दा घर बाट भागेर जान लागेको बुझिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाईएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ!

प्रतिक्रिया