उत्पादित कृषिबस्तुले मुल्य पाएन

उत्पादित कृषिबस्तुले मुल्य पाएन

दैलेख जेठ १0- दैलेखको गुराँस गाउँपालिका ८ को झ्याजेका कृषकहरुले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाउँदा कृषकहरु चिन्तीत बनेका छन् । सानो बस्ती रहेको उक्त गाउँका प्रायजसो कृषकहरु तरकारी खेती गर्दै आएका छन् । अन्य बाली भन्दा आलु, काउली, बन्दा लगायतका तरकारी उत्पादन गर्ने त्यहाँका किसानहरुले आफुले उत्पादन गरेको तरकारीले मुल्य नपाउँदा भने अनुसारको आम्दानी नभएको बताएका छन् ।
त्यहाँका किसानहरुले उत्पादन गरेको तरकारी डोकोमा बोकेर एक घण्टा टाढा लगेर बिक्री गर्दै आएका छन् । गर्चादेखि पश्चिम र बजारदेखि एक घण्टाको दुरीमा रहेको झ्याजे गाउँमा तरकारी खेतीका लागि उपयुक्त माटो रहेको गुरासँ गाउँपालिकाको कृषि शाखाले जनाएको छ । तर सडक संजाल नजोडिनु र बजारीकरणको उपयुक्त व्यवस्था नहुँदा उत्पादित बस्तुबाट घाटा भएको कृषकहरुले बताएका छन् ।

त्यहाँका कृषकहरुले काउली र आलु उत्पादन गर्ने गरेका छन् । उनिहरुले उत्पादन गरेको कृषिजन्य बस्तु बिक्री गर्ने बजार पाखापानी हो । अहिले काउँलीको मुल्य १४ देखि १५ रुपैयाँ मात्र रहेको छ । जसको उत्पादको लागि लागत पनि नउठ्ने त्यँहा कृषक ओम बहादुर खड्काले जानकारी दिए ।
उनले व्यवसायिक रुपमा तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनेगरी काम गर्दा पनि भने अनुसारको मुल्य नहुँदा समस्या हुने गरेको बताए । सोहि ठाउँका अर्का किसान याम बहादुर ओलीले भने “हामीहरुले उत्पादन गरेको काउली, बन्दा र आलुभन्दा खोलामा उम्रने डौडे नै महंगो भएको छ, हामीले दुख गरे अनुसारको प्रतिफल पाएका छैनौ ।” आफुहरुको मुख्य आम्दानीको श्रोत तरकारी खेती भएपनि तरकारीले मुल्य नपाएको स्थानीय धनसरा खत्रीले बताइन् ।
उत्पादन गर्न धेरै मेहेनत गर्नुपरेको छ, त्यो सबै बोकेर बजार पु¥याउनुपर्छ, सबै क्षेत्रको मुल्य बढ्यो तर हामीले उत्पादन गरेको तरकारी खेतीको मुल्य कहिल्यै बढेन्, स्थानीय कृषक रेशम खत्रीले भने ।

बार्षिक एक हजार क्युन्टल तरकारी खेती उत्पादन हुने यो गाउँ सिंचाई र उर्वर माटो पर्याप्त रहेको छ । सडक सञ्जालको सुविधा अहिलेसम्म पुग्न सकेको छैन् । उक्त बस्तीमा सडक पु¥याउनका लागि गाउँपालिका काम अघि बढाएको छ । गुराँस गाउँपालिकाका धेरैजसो ठाउँमा तरकारी खेती गरिन्छ तर भने अनुसारको मुल्य नपाउँदा कृषकहरुले आम्दानी लिन सकेका छैनन् । गाउँपालिकाले भने उत्पादनलाई जोड दिदै व्यवसायिक कृषकहरु बनाउने योजना ल्याएको छ । बजारिकरण कसरी गर्ने भन्ने विषयमा गाउँपालिकाले यो आर्थिक बर्षमा तरकारी संकलन केन्द्र बनाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

प्रतिक्रिया