उद्योग बाणिज्य संघ दैलेखको शाखा भैरवी गाउँपालिकामा

उद्योग बाणिज्य संघ दैलेखको शाखा भैरवी गाउँपालिकामा

दैलेख भदाै ३१ ।
दैलेख जिल्ला उद्योग बाणिज्य संघ दैलेख अन्तरगत भैरवी गाउँपालिका शाखा, डाडीमाडी बजारमा गठन गरिएको छ । दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष झवी खत्रीको प्रमुख अथितीमा सम्पन्न भेलाले भिम बहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

शाखाको अध्यक्षमा भिम बहादुर शाहीलाई चयन गरिएको छ । यस्तै शाखाको उपाध्यक्षमा जगत बहादुर खत्रि सचिवमा मिन बहादुर शाही, कोषाध्यक्ष शान्ति प्रसाद जैसि, सह–सचिवमा ललिता अधिकारीलाई चयन गरिएको छ । शाखाको सदस्यहरुमा भद्र बहादुर के.सी, टिका शाही, गौरा शाही, शेर बहादुर हमाल, देविराम आचार्र्य निर्विरोध चयन भएका छन् ।
उद्योग बाणिज्य संघ भैरवी शाखाको कार्यालय डाडीबजारमा राख्ने निर्णय गरिएको छ । भेलाले गत बर्ष दर्ता नभएका व्यापारीहरुले आन्तरिक राजश्व कार्यालयको प्रतिनिधित्व र भैरवी शाखाका समन्वयनमा दर्ता प्रक्रियाको लागी उद्योग वाणिज्य संघ दैलेखमा अनुरोध गर्न निणय गरेको छ ।

प्रतिक्रिया