दैलेखको पेट्रोलियम पदार्थ प्रदेश समृद्धिको आधार – मन्त्री बुढा

दैलेखको पेट्रोलियम पदार्थ प्रदेश समृद्धिको आधार – मन्त्री बुढा

क्याप्सन – मेला उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा ।

दैलेख असाेज १९
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेश समृद्धिको आधार भएको बताउनुभएको छ । जिल्ला सदरमुकाम दैलेख बजारमा आज देखि सुरु भएका लद्यु घरेलु, कृषि उद्यम प्रर्दशनी तथा हाट बजार व्यापार मेलाको उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री बुढाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश समृद्धिको मुख्य आधारको रुपमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्का लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् भएको खण्डमा दैलेख मात्रै होइन, कर्णाली प्रदेश संगै समग्र मुलुकको समृद्धिको ढोका खुल्छ, मन्त्री बुढाले भन्नुभयो ।
दैलेख जिल्ला धार्मीक, सास्कृति तथा पर्यटकिय सम्भावनाले भरिपूर्ण छ, त्यसबाहेक लद्यु उद्यमको सम्भावना पनि प्रशस्त छ, मन्त्री बुढाले भन्नुभयो । अर्को प्रशंगमा मन्त्री बुढाले कर्णाली प्रदेश सरकारले कृषि पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेको बताउनुभयो । दैलेखका विभिन्न गाउँ तथा नगरका उद्यमीहरुले उत्पादन गरेको लद्यु उद्यमका सामग्रीहरु प्रदेशमै उत्कृष्ठ छ, त्यसको बजारिकरणका लागि स्थानीय सरकारहरुले पहल थाल्नुपर्छ, मन्त्री बुढाले भन्नुभयो ।
कर्णाली प्रदेश सरकार अर्थ समितिका अध्यक्ष प्रदेश सांसद अम्मर बहादुर थापाले दैलेख धार्मीक, सांस्कृतिक, पुरातात्वीक एंव पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यहाँको अल्लोको कपडा, छालाको जुत्ता, यहाँ प्रशोधन गरिएको सिस्नो लगाएतका लद्यु उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारिकरणमा ध्यान दिन सके जिल्ला समृद्ध हुन धेरै बर्ष कुर्न नपर्ने बताउनुभयो ।
पाँच दिन सम्म संचालन हुने मेला नारायण नगरपालिका र जिल्ला लद्यु उद्यमी समुह संघ दैलेखले सयुक्त रुपमा आयोजना गरेका हुन् । राज्य पुर्नसंरचना पछि दैलेखमा आयोजित यो पहिलो मेला हो । मेलामा जिल्लाका ११ वटै स्थानीय तहका कृषक, उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको खरिद बिक्रीका लागि राखिएको जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष कविराज खत्रीले बताउनुभयो ।

उहाँका अनुसार दशैंको अवसरमा आम उपभोक्ताहरुले सुलभ दरमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाउनेछन् । मेलामा यहाँको दुल्लु नगरपालिकाको खागितडा स्थित होम स्टेले पनि सेवा दिनेछ । मेला अवधीभर जिल्लामा रहेका कला संस्कृतिहरु प्रर्दशन गरिने आयोजकले जनाएको छ । मेलामा सहभागि कृषकहरुलाई आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ । मेला अवधीभर झण्डै ४० हजार दर्शकले मेला अवलोकन गर्नुका साथै सबै स्टलहरुबाट १ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया