महिला र युवा कृषक च्याउ खेतीप्रति आकर्षिक

महिला र युवा कृषक च्याउ खेतीप्रति आकर्षिक

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका महिला तथा युवा कृषकहरु च्याउ खेती प्रति आकर्षित भएका छन् । महिला र युवा कृषकहरु समुहमा आबद्ध भएर च्याउ खेती तर्फ आकर्षित भएका हुन् । समुहमा आबद्ध भएका कृषकहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले निशुल्क रुपमा च्याउको वीउ वितरणसँगै तालिम प्रदान गरेको थियो ।
भैरबी गाउँपालिका–३ छड्नेकी खगिसरा अधिकारीले भनिन् ‘च्याउको वीउबाट खान मात्रै नभई विक्री गर्न उदेश्य राखेर अहिले च्याउ खेती गरिरहेको छु ।’ सुरुमा सामान्य घरमा खानका लागि मात्रै च्याउ खेती गरेकी अधिकारीले अब व्यवसायीक रुपमा खेती गर्ने सोचमा छिन् ।
बुधवार मात्रै एईआइएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित महिला, युवा तथा बालअधिकार कार्यक्रम (आधार परियोजना) ले यहाँका अन्य कृषकलाई च्याउको बिउ समेत वितरण गरेको छ ।

भैरबी गाउँपालिका वडा नम्बर ३, ४ र ५ का महिला तथा युवा कृषकहरुलाई च्याउको वीउ वितरण गरिएको परियोजनाका कृषि प्राविधिक सम्झना थापाले बताइन् । उनका अनुसार १३ जना कृषकहरुलाई वीउ वितरण गरिएको हो । च्याउको वीउ पाएका कृषकहरुलाई धेरै उत्पादन गर्ने तरिका, च्याउका लागि पराल बनाउने, डल्ला पार्ने, विउ राख्ने तरिकाबारे तालिम दिइने प्राविधिक थापाले जानकारी दिइन् । अहिले परियोजनाको सहयोगमा व्यवसायिक रुपमा नै च्याउ खेति गर्नका लागि सुरुवात गरेको स्थानीय कृषक नन्दा विकले बताइन् ।

प्रतिक्रिया